हजार हजारको नोट अा’को छ
-कविता
नेपालमा भोट सकियो रे!
अाश्वानको बोट सकियो रे!!
हजार हजार नोट सकियो रे!!!
नारा जुलुस चर्किन्छ!
सत्ता अब कता फर्किन्छ!!
घाम लाग्छ कि पानी दर्किन्छ!!!
जनता अलमल्ल!
जित्नेको जिन्दगी झलमल!!
मतगणना जारी!
कस्को पल्ला भारी!!
उस्कै बढ्छ जिम्मेवारी!!!
जिम्मा पाउला काम गर्ला नगर्ला!
बिकासको गति अघि सर्ला नसर्ला!!
त्यो त भोलीको कुरा हो!
बन्दुकको गोलीको कुरा हो!!
बन्दुक को गोली उछिट्टीए पछि
भेट्न गाह्रो पो हुन्छ होे कठै
त्यसरी नै
नेताहरु हराए भने
अर्को भोट कुर्नै पर्छ!
तिथि साइत जुर्नै पर्छ!!
नेताको कुरा सुन्नै पर्छ!!!
किन कि
हजार हजारको नोट अा’को छ!
बल्ल बल्ल देशमा भोट अा’कोछ!!
गाउँ गाउँमा अाश्वासनको बोट अा’को छ!!!
आहाले ३हर्दिया धनकुटा नेपाल
हाल:दक्षिण कोरिया ,खिम्पो