Advertisement
SKIP THIS

जापानमा भर्जिन मानिसको संख्या बढ्दो


फोनिज कोरिया संवाददाता
काठमाडौं-द टेलिग्राफले जनाए अनुसार जापानमा अधिकांश मानिस ४० वर्ष कटेपछि मात्र वैवाहिक सम्बन्धमा बाधिने गरेका छन् । हालै जनसंख्या तथा सामाजिक सुरक्षा सम्वन्धि अध्ययन गर्ने एक सँस्थाले गरेको एक अध्ययनका अनुसार जापानमा भर्जिनहरुको संख्या बढ्दै गएको हो |
 
 
जापान विश्वको ठूलो अर्थतन्त्र भएको मुलुक हो । जहाँका मानिस आफ्नो पहिरन र सुन्दरतालाई प्राथमिकतामा राख्छन भने अधवैसे उमेर समुहका अधिकांसले कहिल्यै यौन सम्वन्ध नराखेको तथ्य सार्वजनिक गरेको छ ।
 
 
‘ताकासि साकाई ४१ बर्षका भए । उनी स्वस्थ्य र राम्रो जागिर भएका जापानीज हुन् तर उनी अहिले सम्म भर्जिन् छन् । उनी एक प्रतिनिधि पात्र हुन् ’ अध्ययन सँस्थाले जनाएको छ । सन् १९९२ मा गरिएको सर्भेमा पछिल्ला दिन ३ प्रतिशत बृद्धि भएको अनुमान गरिएको छ । सन् १९९२ मा जापानको अर्थतन्त्रमा आएको कमीका कारण मानिसहरु कमाउनमा वढी व्यस्त भएका कारण आफ्नो जीवन तथा यौन बारै खासै चासो नराखेको हुनसक्ने अध्ययनमा जनाइएको छ ।
 
 
जापानका नागरिकहरु पूर्णकालिन रोजगारिकालागी संघर्षरत रहेका कारण यस्तो समस्या उत्पन्न भएको जनाइएको छ । पछिल्ला बर्षहरुमा जापानमा जनसंख्या घट्नु तथा न्यून जन्मदर सँग पनि यसलाई जोडेर हेर्ने गरिएको छ । जापानमा पछिल्लो पटक गरिएको अध्ययन अनुसार १८ –१९ बर्षका उमेर समुहका अधिकांस जसोले आफुहरु भर्जिन भएको बताएका थिए । तर बेलायतको एक कन्डम उत्पादक कम्पनीले उक्त उमेर समुहमा १५ प्रतिशत भन्दा कम मात्र भर्जिन हुने गरेको तथ्य सार्वजनिक गरिएको छ ।
 
 
जापान, जहाँ हरेक स्थान, टेलिभिजन कमिक पुस्तकहरुमा यौनलाई प्राथमिकता दिने गरिएको छ । जापानमा कार्यव्यस्तताका कारण पुरुषमा हुने यौन चाहना मर्दै जाने यौन मनोवैज्ञानिकहरुको भनाई छ ।
 
 
पछिल्लो समय यौन सँग सम्वन्धित विभिन्न साधन हरुको खुल्ला व्यापारका कारण पनि मानिसहरु बिपरित लिङ्गी सँग नलागेको वा भर्जिन रहेको हुन सक्ने अनुमान अध्ययन सँस्थाले गरेको छ । जापानमा याैन सम्वन्धि शिक्षा दिन बिभिन्न अभियान समेत सञ्चालन सुरू गरिएकाे अध्ययन जनाएको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...