नेपालका चर्चित राष्ट्रिय खेलाडीको आतिथ्यतामा कोरियामा सर्वाधिक पुरस्कार राशिको ‘नेपाल कप’ फुटबल आयोजना हुने



सोल, नेपाली युवाहरुको रोजगारीको आकर्षक प्रवासी मुलुक दक्षिण कोरियामा नेपाली फुटबल क्लब बिचको फुटबल प्रतियोगिताहरु मध्ये अहिले सम्मकै सर्वाधिक लोकप्रिय र ठुलो धनराशि पुरस्कार भएको ‘नेपाल कप’ फुटबल आयोजना हुने भएको छ । कोरियन पर्व छुसकको अवसर पारेर नेपाल मगर संघ दक्षिण कोरियाल अहिले सम्मकै सर्वाधिक पुरस्कार राशिको ूनेपाल कपूफुटबल आयोजना गर्न लागेको हो ।

नेपाली समाज, खेलकुद लगायत बिभिन्न सामाजिक  क्रियाकलापमा अग्रणी भुमिका निभाउदै आएको नेपाल मगर संघ दक्षिण कोरियाले अक्टोवर ५ तारिकका दिन उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

पछिल्लो चरणमा कोरियामा नेपाली समुदाय बीच फुटबल प्रतियोगिता लोकप्रिय बढे संगै शारीरिक, मानसिक तन्दुरुस्ताको खेललाइ अझ फरक र भावनात्मक ढंगले आयोजना गर्न लागिएको संघका अध्यक्ष खड्ग थापा मगरले जानकारी दिनुभएको छ । पहिले पहिले हुने गरेका प्रतियोगिताहरु भन्दा फरक किसिमले गर्न लागिएको प्रतियोगितामा नेपालबाट अहिले सर्वाधिक चर्चामा रहेका राष्ट्रिय फुटबल खेलाडी पनि अतिथिको रुपमा खेलमा निम्त्याउन लागिएको अध्यक्षले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा दर्शकहरुलाइ बिभिन्न गीत , नेपाली  स्वादका परिकारका स्टल र अन्य रमाइला खेलहरुले भरपुर मनोरञ्जन दिलाउने संघका प्रमुख सल्लाहकार होबीर थापा मगरले जानकारी दिनुभएको छ । प्रतियोगिता सभ्य,भव्य बनाउन प्रारम्भिक तयारी पुरा भइसकेको र बिस्तृत जानकारी छिट्टै दिइने अर्का सल्लाहकार अशोक बुढा मगरले बताउनु भयो । पुरस्कार, प्रतियोगिता स्थल,रमाइलो कार्यक्रम स्वरुप तयारीका लागि निम्न प्रारम्भिक समिति गठन गरिएको संघका सचिव तथा प्रचार प्रसार बिभाग प्रमुख टेक पुन मगरले जानकारी दिनुभएको छ ।
 
संयोजक-अप्त पुन मगर(संरक्षक)
सदस्य-होबीर थापा मगर(प्रमुख सल्लाहकार)
सदस्य-नविन काला मगर(बरिष्ठ सल्लाहकार)
सदस्य-अशोक बुढा मगर(सल्लाहकार)
सदस्य-टेक पुन मगर (सचिव)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...