एनसीसी कोरियाको सचिवमा पत्रकार कृष्ण प्रसाद बस्यालको उमेदवारी घोषणा
सोल
आउदो जुलाई ३० तारिखमा हुन गईरहेको नेपाल सम्पर्क समिती (एन सी सी ) कोरियाको सचिवमा पत्रकार कृष्ण प्रसाद बस्यालले उमेदवारी घोषणा गरेका छन् ।
अध्यक्ष , उपाध्यक्ष लागायत बिभिन्न पदहरुको उमेदवारीको घोषणा आए संगै बस्यालले शनिबार सचिवमा आफ्नो उमेदवारी घोषणा गरेका छन् ।
को हुन त कृष्ण प्रसाद बस्याल
सन् २००८ देखि इपीएस भिसामा दक्षिण कोरिया आएका बस्याल बिगत डेढ बर्षदेखि कोरियाबाट सन्चालित हटपाटी डट कमका सम्बाददाता , नेपाल पत्रकार महासँघ कोरिया शाखाका केन्द्रिय सदस्य र हाल नयाँ दैनिकीका सम्बाददाता हुन् ।