कोरियाको गजेदोमा रमाइलो साझ


दिनेश पाठक,
गजेदो

डेउ नेपाली एकता समाज दक्षिण कोरियाले एक  “रमाईलो साँझ कार्यक्रम ” सम्पन्न गरेको छ। सनिबार साँझ लुम्बिनि रेष्टुरेन्ट नाड़मुनमा भएको कार्यक्रममा झण्डै सय जना दर्शक, स्रष्टाहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै करिब दुई दर्जनभन्दा बढि स्रष्टा तथा कलाकारहरुले आफ्नो प्रस्तुति दिनुभएको थियो। साहित्यतर्फ सुशील राज रेग्मी, सेसे लिम्बू , दिपेन पौडेल, दिनेश पाठक, मेरिड़ लिम्बू, टिकाराम उपाध्याय चन्द्रप्रकाश तिमिल्सिना लगायतले गजल, कविता, मुक्तक बाचन गर्नुभएको थियो ।

संगिततर्फ सुर्य कार्की, बिजय लिम्बू, अम्मर बिस्वकर्मा, सन्जिब बराल किरण सारु, सुबास गुरुड़, हेमन श्रेष्ठ, चन्द्र सम्बाहाङ्फे लगायतले जोडदार प्रश्तुती दिएका थिए ।  साथै सन्जिब बराल, शुर्य कार्की र महेश बुडाथोकीले फरक फरक नेताहरुको क्यारीकेचर गरी माहोललाई थप रोमाञ्चक बनाएका थिए।

समाजका सचिव चन्द्र सम्बाहाङ्फेद्धारा सञ्चालीत कार्यक्रममा समाज का अध्यक्ष अंशुबर्मा लिम्बूले डिएसएमई कम्पनी लगायत गजे वरिपरी रहेका नेपालीहरुमा लुकेका प्रतिभाहरुलाई उजागर गर्न यस्ता कार्यक्रमले सहयोग पुराएको बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको मोक्फोमा पहिलो पटक चासोक तङनाम मनाईदै
  • सलनाल डान्स पार्टीका लागि डिजे “अमु” कोरिया आउने
  • सलनालको दोश्रो दिन ओखलढुङ्गा नाइटमा गायिका आस्था राउतको प्रस्तुति हुने
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...