एन सि सी को अधिवेशनको तयारी पुरा
सौल
दक्षिण कोरियाको सबैभन्दा पुरानो, विभिन्न संघसंस्थाहरुको छाता र साझा संस्थाको रुपमा परिचित नेपाली सम्पर्क समिति(NCC)को यहि आउदो जुलाई ३० मा हुन गैरहेको १६औं अधिबेशनको तयारी पुरा भएको कमिटीले बताएको छ ।
सन् १९९३ मा स्थापित यो संस्थाले विशेष गरि सामाजिक कार्यहरुमा आफुलाइ समर्पित गर्दै झण्डै साढे दुई दशकको अबधिमा विभिन्न आरोह अवरोह पार गर्दै अहिले १६औं अधिबेशनको संघारमा पुगेको बताएको छ।
संस्थाको अधिबेशनको लागि सम्पुर्ण तयारी पूरा भैसकेको र यसै सूचनालाई आधार मानी अधिबेशन पूर्ण रुपमा सफल पार्नको लागि कोरियामा रहेका सबैसंघसंस्था, समाजसेवी, बुद्धिजीवी, ब्यापारी, बिद्यार्थी , पत्रकार सबैमा उपस्थितिको लागि अपिल गरेको छ।
त्यसैगरी केन्द्रिय समितिको बैठकले केपि सिटौलाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ। सदस्यहरुमा राजु क्षेत्री, बिनोद कुवंर, लोचन राई, भिम गुरुङ र गंगा थापा श्रेष्ठ रहेका छन् भने बिधान संशोधन संयोजक संस्थाको उपाध्यक्ष जित बहादुर गुरुङ लाई तोकेको जानकारी नेपाली सम्पर्क समितिको कार्यबाहक महासचिव राजु तामाङले बताएका छन् । उनका अनुसार हालसम्म सदस्यताको लागी १४७१ जनाको आवेदन परेको छ । तर त्यसमा केहि संख्या तलमाथी हुन सक्ने पनि उनले बताए।
अधिबेशनको मिति,स्थान र समय यसप्रकार रहेको छ:
मिति:-२०१७/०७/३० तारीख , आइतबार।
स्थान :-जोगेसा गुम्बाको हल,जोंगाक।
(सब वे लाइन नं १ बाट जोङगाक स्टेशनको गेट नं २ बाट सिधै तीन सय मीटर अगाडि )
समय:-बिहान ८बजे (निर्धारित समयमै शुरु हुने)