एनसीसी कोरिया १६ औ अधिवेशनको संघारमा , अध्यक्षमा दुई दावेदारको टक्कर
सोल
दक्षिण कोरियाको सबैभन्दा पुरानो तथा विभिन्न संघ संस्थाहरुको छाता र साझा संस्थाको रुपमा परिचित नेपाली सम्पर्क समिति (एनसीसी) को १६ औ अधिवेशन संघारमा छ । यही जुलाई ३० मा अधिबेशनको मिती तोकिएको छ ।
अधिवेशन आउन पाँच दिन बाँकी हुदा सम्पूर्ण तयारी पुरा भएको कार्यसमितिले जनाएको छ । हालसम्म १ हजार ४ सय ७१ जनाले आवेदन बुझाएको महासचिव राजु तामाङले बताए । यही जुलाईको १६ तारिखसम्म आवेदन दिने अन्तिम मिति तोकिएको थियो ।
अधिवेशनको लागि केन्द्रिय समितिको बैठकले केपि सिटौलाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ। जसमा राजु क्षेत्री, बिनोद कुवंर, लोचन राई, भिम गुरुङ र गंगा थापा श्रेष्ठ रहेका छन् । साथै बिधान संशोधन संयोजक उपाध्यक्ष जित बहादुर गुरुङलाई तोकेको महासचिव तामाइ०ले जनाए ।
अध्यक्ष पदको लागि कार्यसमितिमै रहेका बरिष्ठ उपाध्यक्ष अन्जु केसी र उपाध्यक्ष जीत गुरुइ० भिड्दै छन् । दुवै जनाले आ आफ्ना भावी योजना सार्वजनिक गर्दै अध्यक्ष पदको उम्मेदारी घोषणा गरेका छन् । केही दिन अघि नेपाल पत्रकार महासंघ कोरियाले आयोजना गरेको अन्तरकृया कार्यक्रममा दुवैवीच सहमति नहुने भनाई सार्वजनिक गरेका छन् । त्यसैले मतदान हुने प्राय निश्चित छ । दुवै जना आ आफ्नो पक्षमा मत ल्याउन प्रचार प्रसारमा व्यस्त छन् ।
उपाध्यक्ष पदको लागि प्रकाश ढुंगाना, महासचिवको लागि पत्रकार तथा व्यवसायी पुरु जोशीले फेसबुक मार्फत उम्मेदारी घोषणा गरेका छन् भने पत्रकार महासंघका सदस्य कृष्ण बस्यालले सचिवमा उम्मेदारी घोषणा गरेका छन् ।
२४ वर्ष अधि स्थापित यो संस्थाले विगतमा विभिन्न सामाजिक तथा प्रशासनिक काम गर्दै प्रशंसा बटुले पनि हाल हाएर विवादमा मुछिएको छ । एनसिसीले कोरियामा गठित विभिन्न सामाजिक, जातिय र क्षेत्रिय संस्था गरी करिब ६० जति संघ संस्थाका छाता संस्थाको रुपमा आफूलाई राख्दै आएका छन् । सोही आधारमा कोरियामा हरेक वर्ष दुई ठूला पर्व छुसक र सलनालमा गरिने सांस्कृतीक कार्यक्रमको लागि विभिन्न संघ संस्थालाई कार्यक्रम बाढ फाढ गर्दै आएका छन् ।
यसैक्रममा विगत देखि नै केही संस्थाहरुले चित्त दुखाउदै आएपनि गत वर्ष भने तामाइ० संघले कार्यक्रम गर्न नपाएपछि आफै सफल कार्यक्रम गरेका थिए । त्यसैकारण जातिय संस्थाहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ कोरियाले एनसीसीको अन्तरगत नरहने निर्णय गरेका छन् ।
विधानमा केही संसोधन गरिनुपर्ने मागहरु आएका छन् । त्यसैले आगामी नेतृत्वहरुलाई एनसीसीलाई साच्चै साझा बनाउन निकै चुनौतीहरुको सामना गर्नु पर्ने छ । संस्थाको गिरदो साखलाई उचो पार्न र सबैको साझाँको अनुभूति गराउन कुसल नेतृत्वको चयन आवश्यक छ ।