कोरियामा काम गर्दै संगीत सिर्जनामा तल्लिन युवाहरु
सोल
प्रवासी भूमिमा सृजित गीत संगीतले नेपाली बजारमा लोकप्रियता कमाउदै छन् । यसैक्रममा दक्षिण कोरियामा रहेका युवाहरु गीत संगीत क्षेत्रप्रति निकै आकर्षित हुन थालेका छन् । हालै कोरियामा रहेका युवाहरुका एक समूह आफ्नै गीत संगीतमा तयार पारिएको गीतलाई म्यूजिक भिडियोमा निमार्णमा व्यस्त छन् ।
सांगीतिक क्षेत्रमा पहिलो पाइला चाल्दै गरेको युवाहरु निकै उत्साहित हुदै व्यस्त कामका बाबजुद फुर्सद समयलाई सदुपयोग गर्दै छन् । रविन स्वरको शब्दलाई अविशेक तामाइ०को संगीत र स्वरमा गीत तयार पारेका छन् । सोही गीतलाई कोरियाको विभिन्न रमणिय स्थानमा दिपक थापाको निर्देशनमा म्यूजिक भिडियो निमार्ण क्रम चलिरहेको छ ।
जसमा निर्देशक दिपक र सन्तोष जिसीले क्यामेरामा साथ दिएका छन् भने सिर्जना तिमिल्सीना क्षेत्रीको कोरियोग्राफीमा स्वयम सिर्जना र दिनेश क्षेत्रीले मोडलिइ० गरेका छन् ।