कोरियामा लागु भयो इसेभेन फोर ( E7-4) भिषा , यो वर्ष ३ सयलाई दिने


सोल

दक्षिण कोरियामा कार्यरत  विदेशी कामदारहरुले दक्षता पूर्ण कामदारको रुपमा आफूले चाहेसम्म कोरियामा परिवार सहित बस्न पाउने  इ सेभेन फोर (E7-4) भिषा यही अगष्ट महिनाबाट लागु गरिएको छ ।

यही जुलाई १७ तारिख सार्वजनिक गरिएको इ सेभेन फोर भिषा इपिएसबाट आएका E-9 , E-10 र H-2  भिषा भएकाहरुले परिवर्तन गर्न पाउने छन् । यो वर्षको अन्तसम्ममा परिक्षणको रुपमा ३ सय जनाले यो भिषा लिन पाउने कोरियन अध्यगमन कार्यलयले जनाइएको छ ।

कोरियामा लगातार चार देखि ६ वर्षसभन्दा बढी काम गरेकाले यो भिषा एप्लाई गर्न सक्ने छन् । उत्पादनमूलक , उद्योग , कृषी, मत्यपालन र आवास निमार्ण क्षेत्रमा काम गर्ने सबै विदेशी कामदारले यो भिषा लिन सक्ने छन् । तर उत्पादनमूक कम्पनीमा काम गरेका भए १० जना भन्दा बढी र उद्योगमा पाँच जनाभन्दा बढी कोरियन कामदार हुनु पर्ने छ ।

यो भिषा लिनको लागि धन, उमेर र शिक्षाको कुनै सिमा छैन् । यो भिषा लिएपछि हरेक दुई वर्षमा रिन्यु गर्नु पर्ने छ भने  F-5, F-6, F2-7, F2-99 ,  भिषा परिवर्तन गर्न पाउने छन् ।

यो भिषा पाउनलाई विषेश गरी शिप, शिक्षा, उमेर, कोरियन भाषा क्षमता , सम्पत्ती र कामको अनुवभ विषयबाट अंक मुल्यकन गरिने छ । त्यस्तै कोरियन शिक्षा अध्ययन  , स्वायमसेवा, सरकारबाट प्राप्त प्रसंसापत्र, सरकारी कार्यलयमा कम्तिमा दुई वर्ष काम गरेको अनुभव ,  बैंक बचत अनि सम्पत्ति र सरकारलाई बुझाएको कर लगायत विषयबाट पनि थप अंक लिन सकिने छ ।

विषयताग अनुसार भिन्न भिन्न अंक तोकिएको छ । पूर्ण अंक १ सय ८० भएपनि  औषत रुपमा वार्षिक तलब २ करोड ६० लाख वन भन्दा माथि भए ५० आंक ल्याए पुग्ने छ । तर तलब सो भन्दा कम भए ७० अंक ल्याउनु पर्ने हुन्छ ।

विषयगत निम्न अनुसरा अंक प्राप्त गर्न सकिने छ ।

औषत वार्षिक कमाई ३ करोड ३० लाख वन भए २० अंक

३ करोड वन भए  १५ अंक

२ करोड ६० लाख वन भए १० अंक पाइनेछ ।

 

शिक्षा तर्फ

स्नातक  २० , प्रमापत्रतह १० र सो भन्दा मुनी ५ अंक पाइने ।

 

उमेर तर्फ

३९ वर्ष २ , ३४ वर्ष ५ , २९ वर्ष १० र २४ वर्षको २० अंक पाइने ।

 

कोरियन भाषा क्षमता

४ लेभल २०, ३ लेभल १५, २ लेभल १० र १ लेभलको ५ आंक

 

कामको अनुभव

उद्योगमा ६ वार्षभन्दा बढी काम गरेको २० , ४ वर्ष काम गरेको १० अंक

उत्पादनमूलक क्षेत्रमा ६ वार्षभन्दा बढी काम गरेको १०, ४ वर्षको ५ अंक

 

सम्पत्ती  (दुई वर्ष बचत गरिएको हुनु पर्ने )

बचत १० करोड वन भए १५ , ६ करोड वन भए १० र ३ करोड वन भए ५ अंक प्राप्त गर्न सकिने छ ।

सम्पत्ति १० करोड भन्दा माथि भए २०, ८ करोड भए १५ र ५ करोड भए १० अंक प्राप्त गर्न सकिने छ ।

 

कोरियन शिक्षा

विश्व विद्यालय तह भए १५, कलेज तह भए १० , एक वर्ष भन्दा बढी इन्स्टीच्यूटमा अध्यन गरेका भए १० , एक वर्षभन्दा कम भए ५ अंक प्राप्त गर्न सकिने छ ।

 

अन्य थप अंकहरु

कोरियामा स्नाकोत्तर र विद्यावारीधि गरेको भए १०, व्याचलोर भए ५ अंक

सरकारबाट कामको अनुवभ प्राप्त पत्र भए १० , सरकारी सिफारीसपत्र भए १० ,

स्वयमसेवी प्रमाणपत्र भए ३ , प्रशंसापत्र भए ५ र कर बुझाएको १ देखि ५ अंकसम्म प्राप्त गर्न सकिने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...