अगस्ट १३ मा कोरियाको सुवनमा चलचित्र घामपानी प्रदर्शन हुने
नेपाली कथानक चलचित्र ‘घामपानी’ कोरियाको सुवन शहरको सिछन हल फालदाल खुछङमा आगामी अगस्ट १३ तारिख आइतबार प्रदर्शन गरिने भएको छ । नेपाली कला संस्कृतीको विकास र प्रचार प्रसार साथै कोरीयाको सुवन स्थित नेपालीहरु विपत पर्दा बस्ने आवास गृह ‘हिमालय सोलु सेल्टर’ व्यबस्थापनको लागी सोलुखुम्बु सेवा समाजले आयोजना गर्न लागेको चलचित्र ‘घामपानी’ यस अघि सौल र थेगु शहरमा अपार सफलताका साथ प्रदर्शन भएको थियो ।
नेपाल तथा विदेशका विभिन्न शहरहरुमा भब्यताकासाथ प्रदर्शन भएको घामपानीलाई चलचित्र पत्रकार तथा समिक्षक दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रमा सुप्रसिद्ध नायक दयाहाङ राई, नायिका केकी अधिकारीसहित अन्य कलाकारहरुको उत्कृष्ठ अभिनय रहेको छ । सामाजिक कार्यको लागि चलचित्र प्रर्दशन गरिने भएकोले नेपाली संघसंस्था र सम्पुर्ण र दाजुभाइ तथा दिदी बहिनीहरु हलसम्म गई नेपाली कलालाई माया गरी हेरी दिनका लागी आयोजकले अनुरोध गरेको छ ।