अमेरिकामा धरान सोसाईटी युसएको स्थापना


अमेरिका, 
पूर्बि नेपालको शुन्दर शहरी धरानका युवा जमातले अमेरिका र धरान बीचको सम्बन्ध र सम्पर्क बिस्तार गर्ने उदेश्यले ” धरान सोसाईटी युसए” को बिधिवतरूपमा स्थापना गरेको छ । तेज कुमार लिम्बू तुम्बाहाम्फेको संयोजकत्वमा भएको एक भेलाले ११ सदस्यीय तदर्थ समितिको छनौट गरेको हो । समितिका अन्य पदिधिकारी तथा सदस्यहरूमा उपाध्यक्ष बिमल गुरूङ, सचिब हेमेन्द्र गुरूङ, सह सचिब बिकास राई, कोषाध्यक्ष सुदन श्रेष्ठ रहेका छन् भने सदस्यहरूमा बिष्णु कुमार चोङबाङ, टासी शेर्पा, रंजिप राई, वाराकहाङ लिम्बू, संतोष मेक्तान, संजित मुखीया रहेका छन् ।
सोही बमोजिम सँस्थाका सल्लाहकारमा गणेश शेर्पा र काजि शेर्पा रहेका छन् । समितिले धराने समुहलाई अमेरिकामा एकता र भाइचाराको अभिबृदि गर्ने, नव आगन्तुक तथा आपतबिपतमा सरसहयोग गर्ने, समग्र धरानको बिकासमा सहयोग पुर्याउने उदेश्यले परियोजना तय गर्ने तथा अमेरिकाबासी धरानेहरूको सम्पतिलाई कसरी प्रभीबकारी तवरमा सामूहिक लगानि गर्ने भन्ने सम्बन्धमा खोजि गर्ने जस्ता उदेश्यहरू रहेका छन् । यसका अलावा समितिको बैठकले आबश्यकताको पहिचान गरेर सँस्थालाई अघि बढाउन बिभिन्न अवधारणाहरू अघि सार्ने छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...