रक्तदानको लागि प्रेरणा जगाउन बिश्व साइकल यात्री कोरियामा
सोल
“रक्तदान जिवनदान ” भन्ने मुल नाराका साथ शुरु गरिएको विश्व साइकल यात्रामा निस्केका दुई नेपाली युवा हाल दक्षिण कोरिया आइपुगेका छन् । झापा कन्काइ नगरपालिका ७ निवासी युबराज मैनाली र भेष बहादुर थापा कोरियाको बुसान शहरमा आइपुगेका हुन् ।
भगवन बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल र नेपालीलाई विश्व सामु चिनाउदै पर्यटन प्रबर्दनमा सहयोग पुर्याउने हेतुले विश्व साइकल यात्रा शुरु गरिएको यात्री मैनालीले बताए । हरेक मानव जातीबिच सहकार्य , आपसी सद्भभाव तथा भाइचाराको सम्बन्ध बढाउन विश्व यात्राले सहयोग पुराएको उनको धारणा छ ।
नेपालमा २०७२ बैशाख १२ मा आएको बिनाशकारी भुकम्पले निम्त्याएको रगतको अभाव अन्त्य गर्ने उदेश्यले शुरु गरिएको यात्रा देश तथा बिदेशका बिभिन्न स्थानमा रक्तदानको लागि प्रेरणा जगाउदै हिडेका छन् दुई युवाहरु ।
बुसानमा शहरमा उनीहरुलाई एन।सि। सि। बुसानका अध्यक्ष सङ्गीत अधिकारी तथा समाजसेवी हिरा लामा लगायतले स्वागत गरेका थिए ।