बैशालु हेउन्दे र इतर साहित्यका छालहरु


रसियन-सोभियत कवि एभगेनी भन्छन :- “Poetry is like a bird, it ignores all frontiers.” उनका यी उद्गार अरुलाई कस्तो लाग्छ कुन्नि ? तर बुढाले मलाई नै ‘मेन्सन’ गरेर भन्या हुन जस्तो लाग्छ । नेपाली साहित्यमा खरोदरो उठिरहेको पहिचान साहित्यलाई प्रवासबाट मियो थामिरहेका साथीहरु सम्मिलित इतर साहित्य समाज कोरियालाई काँधमा बोकिरहेका दाजु पराजित पोमुको नीम्तो पाएपछि एक हप्ता अघि नै मन कम्पनिको साँघुरो घेराबन्दी तोडन आतुर थियो । उसो त हिजो आज कोरियामा प्रायः सबै कम्पनिले गर्मी विदा दिनुपर्ने समय हो । मेरो कम्पनीमा (संसारकै सबैभन्दा ठुलो पानीजहाज निर्माता (DSME) पनि १५  ने नाममात्रको विदा लागिसकेको थियो । निश्चित तालिकामा डेलिभरी गर्नुपर्ने जहाज प्राविधिक कारणले रोकिएपछि गर्मिविदामा पनि जहाजमा काम निरन्तर गर्नुपर्ने आदेश थियो चिक्जाङ(बरिष्ठ सुपरभाइजर) बाट । “पैसा कमाउन आएको किन विदा लिन्छस ओटी गर” फान्जाङ(सुपरभाईजर) चिम्से आँखा तरीरहन्थे ।
“यजा छिङगु(केटि साथी) भेट्न जाने?” सँगै काम गर्ने आजसी म माथि साउती गरीरहन्थ्यो । हो भनेर बूढोलाई इर्ष्यालु बनाईदिन्थे । बुढो चाउरिएको गाला मुसार्दै “मोज गर सेक्या” भनेर साइड लाग्थे । सँगै काम गर्ने किम यङ दोङ उमेरले ५० हाराहारीमा छन । र पनि बिहे गरेका छैनन । बूढोलाई मेरो केटि साथी छन भन्ने जवाफले भित्रैदेखि ईर्ष्यालु बनाउथ्यो । म आफ्नो विदा मिलाउन भ्याई नभ्याई थिए उता दाजु पराजित पोमु, कवि गणेश केरुङ र कवि सुरेश सिं सङवाहाङफे कम्तिमा दिनको दुई पटक जसरी पनि आउनुपर्छ भनेर धम्की दिन्थे । साह्रै जोड़बल गरेपछि दुई दिन अघि बल्ल तल्ल फानजाङबाट बोली फूत्क्यो । “इर्योइल हारुमान खाता वा सेक्कि थ्वी ए नुन नामोजी था छूल्गुन हेरा ।” ४०  डिग्रिमा झुक्दै शिर निहुराएर ने ‘आल्गेसुम्निदा’ भन्न मैले कुनै हतार गरिन । तर नढाटि भन्नुपर्छ यजा छीङगु भेट्न जाने नभनेको भए मेरो विदा स्वीकृत हुँदैनथियो ।
एउटा तल्लो स्तरको मजदूरले कविता सुनाऊन जान्छु भनेर खोक्नु पूँजीवादि मानसिकताबाट ग्रसित कोरियनहरुले पत्याउन सक्ने गफ हुँदै होईन । शनिबारको ड्यूटी सकेर हतारीदै बत्तिए बुसानको हेउन्दे । दक्षिण कोरियाको हेउन्दे किनार विश्वमै गनिएको बीच हो । गर्मी मौसममा यो किनारमा जलक्रीडा गर्न विश्वभरका पर्यटक ओईरिन्छन । इतर साहित्य मेला ऊँही किनारमा हुँदै थियो । मन हो । उसै उसै बहिकीन्छ । किनारमा जलक्रीडामा रमाउने विकिनी युवतीहरुको मेला र साहित्यिक मेला दुवै सम्झदा खजे दो को खोयान बस टर्मिनलमा  मिनेटको बस पर्खिन १५ वर्ष जस्तै लाग्यो । खजे दो कोरियाको दक्षिणी तटीय टापू हो । जँहा म रहन्छु ।
बुसान राजधानी सउल पछि कोरियाको दोस्रो ठुलो शहर हो । खजे र बुसान नजिकका भूगोलहरु हुन । वरीपरीबाट समुन्द्रले घेरीएको खजेलाई बुसानसँग जोड्न कोरियाले समुन्द्र मुनि सुरुङमार्ग बनाएको छ । ऊँही समुन्द्रमुनिको सुरुङमार्गबाट बत्तिदै सिङफ्यङ रेल स्टेशनमा ओर्लिएर कवि दाजु पराजित पोमुलाई पर्खिन थाले । पराजित दाजुले १५ मिनेटमा आउँछु भनेपनि करीब डेढ घण्टा कुराएर मात्र ‘हतारिदै’ आए । सामान्य औपचारिकता पछि दगुर्यौ एक नम्बर रेललाईनको प्लेटफर्म तर्फ । बुसान यकमा झरेर सउलबाट आउनुभएका प्रमुख अतिथि कवि मिलन कान्छा किराती, गीतकार उत्तम खजुम र कवि मातृका नेम्बाङलाई लिएर जानुपर्ने दायित्व थियो पराजित दाजुको । बुसान यकको रेलस्टेशनपछि यि तिनै जना थपिए हाम्रो यात्रामा । कुकुर कविताको बारेमा गफिदै गरेका हामी हाम्रो समूह भएकै डिब्बामा कवाडी सामान बटुल्ने आजसी सुरेगिको पोको घिसार्दै आए । रेलका सबै डिब्बाका शिट भरीभराउ भएकोले हामि उभिएरै यात्रामा थियौ ।
सोजु खाएर मुश्किलले खुट्टा टेकिरहेका तिनै आजसी फतफताउन थालेपछि हामी  अर्को डिब्बातिर सर्यौ । हेउन्देको प्लेटफर्ममा हामी ओर्लदा रातको दश बजिसकेको थियो । सुश्मा राई, गणेश केरुङ, सुरेश सिं सङवाहाङफे, डम्बर सुब्बा र यल्जी विवश लगाययतका कवि मित्रहरु होटल बुक गरेर हामीलाई पर्खिईरहेका रहेछन । खाना खाएपछि इतर आवाज साहित्य समाजका जिम्मेवार पदाधिकारीहरु भोली विहानै देखि शुरू हुने कार्यक्रमको तयारी गर्नलाई हो या अरु नै छलफलका लागि अर्को कोठातिर लागे । बाँकी रह्यौ म, गणेश केरुङ, यल्जी विवश, मिलन कान्छा किराँति । नेपाली साहित्य, कविता र कविहरु माथि गफ जमिरहेको थियो । मिलन कान्छा किराती विश्वका दर्शन देखि लिएर नेपाली दर्शन र कविहरु अनि कविता बारे शब्दहरु तौलिएर बोल्थे । यिनी सँग यी विषयमा निस्सीम चेत र ज्ञान हुँदा हुँदै पनि लोभ गर्दै एकाध बहस गर्थे । गीतकार मित्र राई दोस्तिहाङ मलाई कुकुर कविता केहो? भनेर बेलाबखत सोधिरहन्थे । तर जवाफ दिनु अघि अर्को कोठामा पुगीसक्थे । अनुभूति साहित्यका प्रवर्तक कवि मित्र गणेश केरुङ नेपाली साहित्य, मुन्धुम र अन्य बैचारिक प्रवर्गहरु माथि लोभलाग्दो बहस गर्थे । ऊनि भोलीको इतर साहित्य मेलामा अनुभूति साहित्यिक आन्दोलनको घोषणा गर्ने तयारीका साथ आएका थिए । कवि यल्जी विवस कविता माथि लामो साधना गरेका कवि हुन । कविता लेखेरै बाँच्न सक्ने कवि हुन यिनी । यिनी कोरियाको सिफाल र सेक्की शब्दहरु सुन्न लायकको मान्छे होईनन । कुन रहरले यि शब्दहरु सुन्न हाङगुक धकेलीए कुन्नी ? नेपाली कविता र कविहरु माथि लोभलाग्दो प्रवचन दिने यल्जी विवश उसैपनि शब्दहरु तौलेर मात्र बोल्छन । यिन को प्रत्येक बोलीहरु मलाई कविता बोलिरहे झै लाग्छन । रमाइलो माहौल उसैपनि चलेकै थियो । हवाजाङशील(बाथरूम) जान्छु भनेर बाहिरिएका कवि यल्जी विवस हातभरी हाइट मेक्जुको जम्बो बोतल बोकेर भित्रीए । मिलन कान्छा किराती सात्विक रहेछन । बाहेक अरु हामि गणेश केरुङ र म उसै हतारोमा थियौ । दिनभर उर्लिएको प्रचण्ड गर्मी रूमानी साँझले सेलाउन सक्ने सामर्थ्य थिएन । साथीहरु ले मुश्किलले बुक गरेको रूमको एसि राम्रो हालतमा थिएन । एसिको आन्द्रा भुडी बाहिरै छरपस्ट थियो ।
यल्जी विवस मेक्जु कार्यक्रमको मुख्य आयोजक/प्रायोजक जो ठहरीए । उसैपनि साँघुरो कोठा हाम्रो बाफ र बहसको तापले गर्मीएको थियो । मेक्जुले शरीर सेलाउने जमर्कोमा सात्विक कवि मिलन कान्छा किराती बाहेक अरु सबै हतारियौ । यो हतारोमा गीतकार दोस्तीहाङ पनि जोडीन पुगे । मेक्जुले शरीर सेलाए पनि टाउको तात्तिएको थियो । यसै मेसोमा गणेश केरुङ, मिलन कान्छा किराती र यल्जी विवशले कविताको आगो लगाए । म पनि के कम । यिनीहरु जटिपटक कविता सुनाएर आगो लगाउथे म पनि उतिपटक कुकुर कविताको ढडेलो लगाईदिन्थे । यि सबै हुँदा बिहानको ४  बजिसकेको थियो । यतिन्जेलमा आयोजक इतर साहित्य समाजको मिलिसिया बैठक अर्को कोठामा बल्ल सकिएछ । हामि ४ जनालाई अलग्गै राखेर आयोजक समितिका पदाधिकारीहरु मात्र अर्को कोठामा बसेकाले(बैठक गरे या भोलीको कार्यक्रमको तयारी गरे?) यसलाई मिलिसिया बैठक भन्नु पर्ने हामि ४ जनाको पोलिटब्यूरो बैठकले दावी गर्यो । एउटा कोठा कवि बहिनी सुस्मा राई र सन्तोषी बहिनीलाई छाडेर हामि सबै 9 जना पुलिङ्ग साथीहरु एउटै कोठामा मिलिसिया सुताईमा सामेल भयौ । एसिको आन्द्राभुडी बाहिरै थियो । शीतल हुने कुरै भएन । तर पनि मुश्किलले ३ घण्टा सुतेर ब्यूझदा बिहानको 8 बजेछ । कार्यक्रम निर्धारित समयभन्दा दुई घण्टा ढिलो बल्ल तल्ल शुरू भयो । ब्यानरमा पहिचान साहित्य र आदिवासी सौन्दर्यको नविनतम खोजीको दावी गरिएपनि इतर साहित्य समाजको तर्फबाट कसैले औपचारिक घोषणा पत्र या वक्तव्य दिएनन । कवि सुस्मा बहिनीले स्वागत मन्तव्य राखेपछि शुरू भएको कार्यक्रममा यल्जी विवश, सुरेश सिं सङवाहाङफे, डेनिशा राई, दिनेश पाठक, सरोज सर्वहारा, अधीस, उत्तम खजुम, डम्बर सुब्बा लगाययतका दुई दर्जन बढिको सिर्जना सुन्न पाइयो । यिनै विचमा मलाई लेप्मुहाङको डुंगा कृति माथि समीक्षा गर्न उभ्याईयो । मलाई कार्यक्रमको विषय पहिचान र आदिवासी सौन्दर्यको खोजी ऊपर बरू थोरै मात्र बोल्न लगाएको भए कार्यक्रमको विषयान्तर हुँदैन थियो होला भन्ने थकथक अहिले पनि लागिरहेको छ । इतर साहित्यको बारेमा यथेष्ट बहस होला भन्ने विचारका साथ म पुगेको थिए । तर इतर साहित्यको रूपरेखा कोर्न भनेर आयोजना गरिएको कार्यक्रममा सिर्जना बाचन र सम्मान कदर पत्र वितरणका कार्यक्रम मात्र भईरहे । बरू यसै कार्यक्रमलाई मेसो बनाएर दमदार र अर्थपूर्ण तर्कहरु सहित कवि गणेश केरुङले अनुभूति चिन्तनको औपचारिक शुरुवाती दावी गरे । अब गणेश केरुङ कविबाट एउटा चिन्तक पनि भएका छन । अनुभूति चिन्तनबारे गणेश केरुङले मुख्यतया चार विषयमा बाँकी बिचारको लागि बहस गरिनु पर्ने दावी गरे ।
१. साँस्कृतिक, राजनैतिक, सैद्धान्तिक र दार्शनिक उपनिवेस र अतिक्रमण विरुद्द उद्घोष
२. हरेक चिन्तन/दर्शन को सापेक्षित र व्यावहारिक व्याख्या को दाबि
३. परिवर्तन को अनुभूति सैद्दान्तिक भन्दा पनि व्यावहारिकता केन्द्रित हुनु पर्ने माग
४. नेपाली साहित्यमा समानान्तर साहित्यको स्थापनाको लागि वैकल्पिक विचारको निर्माण ।
यी सबै वैचारिक आधारहरु दिएर अनुभूति चिन्तनको बहसमा आएका गणेश केरुङले छुट्टै सांगो पांगो बहस ल्याउलान । मेरो भन्नु इतर आवाजको मागदावीमा आएका इतर साहित्य समाजबाट पनि आफ्नो वैचारिक दावी आउनु पर्थ्यो भन्ने हो । साहित्यमा आदिवासी सौन्दर्य र इतर आयामको खोजी लेखिएको ब्यानर टाँसेरै आफ्नो वैचारिक प्रवर्ग अघि सार्ने मेसो इतर साहित्य समाजका साथीहरुको कमजोरीको पाटो हो । इतर साहित्यको बहस एउटा साहित्यिक सस्था स्थापित गर्नलाई या school of thought स्थापनाको लागि हो? यो प्रश्नको जवाफका लागि इतर आयामको पदचाप पछ्याउने यात्रामा निस्किएका इतर आयामेली साथीहरु को आवश्यक तयारी अझै अपूर्ण लाग्यो पहिलो इतर साहित्य मेलामा । कार्यक्रम सकिदा घाम पश्चिम छितिजको बार्दली माथि उभीरहेको थियो । अघिल्लो दिन बैशालु हेउन्देसँग रसरंग गर्न नपाउदा मनको थकथक बाँकी नै थियो । गजलकार मित्र दिनेश पाठक र म ट्यूबको सहरामा हेउन्देको किनार सम्म आउने कोरियाली समुन्द्रको लज्जालु छालसँग खेल्न लाग्यौ । नारायणीको विषालु भङ्गालोसँग सजिलै खेल्ने गजलकार मित्र दिनेशको लागि हेउन्देको कलिलो छाल रेला मात्र थियो । पौडीबाजमा पोख्त दिनेश हावा भरिएको ट्यूबको सहारामा तैरीईरहेको मलाई पर पर सम्म पुर्याउन कोशिस गर्थे । यो समुन्द्रको लागि अस्वीकार्य थियो । फेरी मलाई एक झोक्का छालले किनार तिर धकेल्थ्यो । म किनार तिर धकेलीए जसरी नेपाली साहित्यको गहिराई नाप्न हेलिएका इतर आयामेली साथीहरु र मित्र गणेश केरुङको अनुभूति चिन्तन धकेलिनु नपरोस । सुभेच्छा । कुरै खलास । थैंक यू भाइ  ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...