मृतक नेपाली कामदारका परिवार न्याय माग्दै कोरियामा


सोल ,
दक्षिण कोरियाको ख्यंगपुक गुनउई स्थित  बंगुर फार्ममा  काम गर्नेक्रममा मृत्यु भएका स्याइ०जा जिल्लाका तेज बहादुर गुरुइ०को दाई बल बहादुर गुरुइ० न्याय माग्दै दुई महिनादेखि कोरियामा छन् ।  साहुका लापरवाहीका कारण भाईको मृत्यु भएको भन्दै उचित क्षतिपुर्तीको माग सहित मुद्या दर्ता गरी कानुनी लडाइ लडिरहेका छन् बलहादुर । गत मे १२ तारिख बंगुरको दिशाको ट्यांकी सफा गर्नेक्रममा हानिकारक ग्यासका कारण २५ वर्षिय तेज  र छविलाल चौधरीको निधन भएको थियो ।
न्याय पाएपछि भाईको शब लिएर नेपाल फर्कने इच्छा भने उनको अपुरै रहयो । मुद्याा धेरै लम्बिने भएकाले जुलाई १७ तारिख नै मृतकको शब नेपाल पठाइसकेको छ ।  हाल थेगु नेपाली सेल्टरमा आश्रित रही न्याय फर्खिरहेका मृतकका दाई बल बहादुरले बताए । उचित क्षतिपुर्तीको माग गर्दै मुद्या दर्ता गरएका ध्यांगसांग माइग्रेन्ट सेन्टर र मजदुर युनियनको निमण्त्रणामा उनी कोरिया आएका हुन् ।
साहुले विना सुरक्षा जोखिम पुर्ण काम जबरजस्ती गर्न लगाएकोले गुरुइ०को निधन भएको भन्दै उचित क्षतिपुर्ती र साहुलाई जेल सजायको माग सहित मुद्या चलिरहेको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले बताए । मृतकको परिवारलाई (औधोगिक दुर्घटना बाहेक ) थप क्षतिपुर्ति वापत १० करोड वन (लगभग रु. १ करोड ) दिनुपर्ने माग राखेको पनि अध्यक्ष राईले थपे । मजदुर युनियनले दोषी कम्पनी मालिकलाई कडा कारवाही , उचित क्षतिपुर्ती र यस्तो घटना नदोहोरिन सरकारबाट उचित कडा कानुन लागु गर्नुपर्ने माग गर्दै  गुनउइ प्रहरी कार्यलय र कम्पनी अगाडी  धर्ना तथा रयाली गरी दवाबमुलक कार्यक्रम गर्दैआएका छन् ।
ट्यांकीबाट निस्कने हानिकारक ग्यासको कारण मृत्यु भएको र कम्पनीले सुरक्षा सम्बन्धी १८ वटा कानुन उलंघन गरेको प्रमाणित भएता पनि कम्पनी मालिकले सो अभियोगलाई अस्विकार गर्दै मृतककै गल्ती भएको भन्दै उल्टै मुद्या दर्ता गरेको अध्यक्ष राईले बताए । गुरुइ० संगै मृत्यु भएका चौधरीको परिवार भने मुद्यामा सामेल छैनन् ।
कम्पनी सुरक्षा सम्बन्धी कानुनमा उल्लेख गरिए अनुसार  कुनै  बन्द वा हावा नचल्ने  ठाउँमा काम गर्दा कम्पनीले सुरक्षाको व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसैले बंगुरको फोहोर
बाट आउने हानिकारण ग्यास भएको ठाउँमा काम गर्दा ग्यासको फैलावट मापन गर्नुपर्ने र सुरक्षाको लागि मास्क लगायत सामग्री दिनपर्ने हुन्छ । तर कतिपय ठाउँमा सुरक्षाको व्यवस्था नगरिएको र सरकारबाट पनि कडाई साथ अनुगमन नगरिएको मजदुर युनियनको भनाई छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...