एनसीसी कोरियाले जनजाति महासंघलाई वार्ताको लागि आवहान गर्ने
सोल ,
नेपाली सम्पर्क समिती (एनसीसी) दक्षिण कोरियाले रिसाएका आदिवासी जनजाति महासंघ कोरियासंग वार्ता गरी समुन्वय गर्ने भन्दै चाडै वार्तामा बोलाउने भएका छन् । सोलमा आइतबार अध्यक्ष अञ्जु केसीको अध्यक्षतामा सम्पन्न १६ औ नव कार्यसमितीको पहिलो बैठकले सो निर्णय गरेको हो ।
कोरियामा एन सी सी र जनजाती बिच चिसिएको सम्बन्धलाई समधुर बनाउदै आपसि समन्वय र सदभावको लागि एन सी सिले बार्ताको आव्वान गरेको सचिव कृष्ण बस्यालले बताए । गत वर्ष छुसकको अवसरका कोरियामा रहेका संघ संस्थालाई सांस्कृतीक कार्यक्रम बाडफाडँ गर्नेक्रममा तामाइ० संघमाथि अन्य गरेको भन्दै जनजाति महासंघले एनसीसीलाई नमान्ने निर्णय गरेको थियो ।
आगामी दिनमा एन सी सी ले कोरियामा कार्यक्रम बाडफाड गर्दा सबैलाई मिलाएर नियम संगत गर्ने महासचिब निर्मल बेलबासेले बताए ।