कोरिया: आउदो सेप्टेम्बर १० मा हुने गैर आवासिय नेपाली समाज (एन. आर. एन. कोरिया)को केन्द्रीय उपाध्यक्ष पदमा हिरा लामाले उम्मेद्वारी घोषणा गरेका छन । बिगत केही बर्षदेखी बैदेशिक रोजगारको शिलशिलामा कोरियामा कार्यरत लामा कोरियामा रहेका नेपाली समुदाय माझ चर्चित व्यक्तिका रुपमा चिनिन्छन ।
रामेछाप दोरम्बा स्थाइ ठेगाना भएका लामा कोरियामा रहेका बिभिन्न संघ सङठनमा समेत आबद्द छन । बैचारिक रुपमा नेपाली कांग्रेस निकट लामा कांग्रेसको प्रवाश सङठन नेपाली जनसम्पर्क समिति कोरियाको बिदेश बिभाग प्रमुख समेत हुन । स्पष्ट बिचार र प्रखरबक्ता लामा आगामी अधिबेशनमा आफुले सो पदमा अधिक मतले बिजयी हुने बताउछन ।
एन. आर. एन. कोरियाको अबको कार्यसमितिमा उर्जाशिल तथा शिर्जनशिल साथीहरुको सहभागिता सहित एन.आर. एन. कोरियालाइ थप उचाइमा पुर्याउदै कोरियामा रहेका नेपालिहरुलाइ एकताबद्द गर्ने र समुन्नत समाज र देश निर्माणमा अग्रसर रहनको लागि उम्मेद्वारी दिने लामाले बताए ।