कोरियामा पाएको पुरस्कारले जन्मथलोको बाटो बनाउदै रेनुका
सोल
दक्षिण कोरियालाई कर्म थलो बनाएकी नेपाली चेली रेनुका राईले विभिन्न अवसरमा थापेका पुरस्कार राशीलाई जम्मा गरी नेपालमा जन्म थलोको बाटो बनाउने भएकी छिन् । आफ्नो पुर्खा गाउँ खोटाइ० जिल्ला दिक्तेल रतन्छा माबुको बाटो बनाउन उनी लागेका हुन् ।
केही दिन अघि सम्पन्न थेगु ब्रोडकास्टिइ० च्यानल (टिवीसी) को बहु साँस्कृतीक संगीतिक कार्यक्रममा उनले राई संस्कृतीको साकेला नृत्य सहितको प्रस्तुत दिएपछि तेस्रो स्थान हासिल गरेका थिए । उनले सो प्रतियोगिताबाट पाप्त ७ लाख वन सहित विभिन्न सामाजिक गतिविधिबाट पुरस्कृत रकम जम्मा गरेर आफ्नो जन्मभुमि रतन्छा माबु १ मा बाटो बनाउन लागेका हुन् । उनी खोटाइ०का नरबिर राई र मन कुमारी राईको साइली छोरी हुन् ।
कोरियन गीत गायन प्रतियोतिगामा चाइनिज कोरियन पहिलो र कम्बोडियनले दोस्रो स्थान हासिल गरेका थिए । नेपाली भएर कोरियन गितमा प्रतिस्पर्धा संगै नेपाली र किराँत साँस्कृति लाई कोरियामा चिनाउन पाउदा अत्यन्त खुशी लागेको उनले भने । सो प्रतिस्पर्धातम कार्यक्रम टिवीसीबाट १५ तारिख ४. ४५ बजे र १३ तारिख विहान ७. १० बजे पुन प्रशारण गरिने जनकारी गराईन् ।
रिना नामबाट समेत चिनिने रेनुका राई सन २००९ मा विद्याथी भिषामा कोरिया प्रवेश गरेका हुन् । नेपाली समुदायसंग घुलमिल हुने समय कम रहे पनि आपत बिपत परेको खण्डमा ब्यस्तताको वाबजुद पनि आफ्नै समस्या सम्झेर सहयोग गर्दै आइरहेको छन उनले ।आगामी दिनमा पनि कोरियामा रहेर सक्के सम्म देश लाई चिनाउ लागी पर्ने बताए । उनले विभिन्न देशको नागरिक तथा नेपाली समुदायमा कानुनी परामर्शको सहयोग गर्दै आइ रहेको छ ।
सामाजिक गतिविधि सहभागी भएर राईले यसअघि पनि धेरै प्रतियोगितामा सफलता प्राप्त गरी विभिन्न पुरस्कार समेत थापेका छन् ।