कोरियामा आत्महत्या र मेरो बुझाई
कोरिया नेपालिहरुको अकार्षक वैदेशिक गन्तव्यको रुपमा पछिल्लो समयमा स्थापित भएको सर्वबिदितै छ । अहिले लगभग ३४हजार भन्दा माथी नेपालिहरुले आफ्नो आफ्नो सुनौलो भबिष्य खोजिरहेका छन् भन्दा अतियुक्ती नहोला । एउटा सामान्य परिवारमा नेपालमा हुर्केको मान्छे लाख सम्म कमाउने अवशर पक्कै कोरियाले दिएको छ तर यस भित्रका कठिनाइहरु प्राय: कम नेपाली दाजुभाई दिदी बैनिहरुले सोचेर कोरिया प्रवेश गरेको हुन्छ । यस्को उदाहरण पछिल्लो आत्महत्या प्रकरणले स्पष्ट पारेको छ । यो कुरा नेपालिहरुको लागी बिकराल रुप लिदै गएको छ । यस्को निराकरण समयमा खोजिएन भने यो समस्या झन झन बड्दै जाने अवस्था देखिन्छ यस्को लागी नेपाल सरकार र कोरियामा रहेको सरोकार वाला संघ सस्थाले कतीको पहल गरेको छ?भन्ने कुराहरु मिडियामा कम प्रचार गरिएको होकी या पहल कम या नगरिएको हो त्यो स्पष्ट हुन सकेको छैन अहिले सम्म ।
कोरियामा काम अनुसारको दाम त पक्कै छ यस भित्रको जटिलटा भन्दा पनि लाखको बिटा हेरेर मानिस खुशी देख्नु हाम्रो लागी नाटकमा हासेको एक पात्र आफ्नो जिन्दगी गुजारा गरिखानको लागी जबर्जस्त संघर्षरत एक कुशल अभिनय कर्ता मात्र हो भन्नेमा हामी पक्कै कम सोचिरहेको हुन्छौ । अभिनयकर्ता बास्तविक जिवनमा कतिको स्वतस्फूर्त खुशी छ भन्ने कुरा कमले मात्र ध्यान दिइरहेको हुन्छौ यस्को परिणाम खुशी हुन नसक्नु मानसिक तनावमा पर्दै गएर अन्तिममा परिवारको सुन्दर सपना चकनाचुर पारेर आफ्नो अमुल्य जिवन डोरिमा झुण्डाएर बलिदानी दिन तयार हुने गोर्खेहरु आज पनी भेटिन्छ । भोली पनी भेटिने कुरा कुनै नौलो अनुमान हैन जस्तो लाग्छ । यो समस्याको कारण बिविध कारणहरु रहस्यको गर्भ भित्रै छ्न ।
कुनै कुनै गोर्खेको सुसाइड नोटले थोरै स्पष्ट पारे पनी धेरै कुराहरु ब्याक्तिगत समस्याहरु मृतक आफुनै साची बनेर बोकिलगेका छ्न । यस्का बिविध कारण खोज्नलाई अर्को गोर्खेलाई खोज्ने समय कहाँ छ र आफ्नो आफ्नो ब्यस्तताको कैदिमा आफ्नो असलसाथिको बारेमा बुझ्न समय नै हुदैन बिचार हामी गोर्खेलाई । खाली काम काम मात्रै छ हप्ताको ६ दिन नभए ७ दिन काममै घोटिनु पर्छ कोरियामा यस्को माने एक बाध्यता र जिवनको अमुल्य पापी सपनाको आगी सम्पूर्ण आफ्नो समय दिनु पर्छ कोरियालाई नभए सुखै छैन । धेरै नेपाली भेटिन्छ तर खुशी कमै भेटिन्छ्न ।
मान्छेलाई जती कमाए नि खुशी हुन गाह्रो हुने रहेछ एक सपना त पुरा होला अर्को सपना खडा भैदिन्छ तुरुन्त त्यसैले अर्को सपना पुरा गर्नको निम्ती जहिले दौडिरहेको हुन्छ । मान्छे यस भित्रका बाधा अवरोधहरुले बिभिन्न मानसिक तनाव उत्पन्न हुनु स्वाभाविक छ तर त्यो सपना पुरा गर्ने अठोटलाई बिर्साएर जिवनलाई पासोमा झुन्डाउने बिकार तत्वको न डाक्टरी औषधी छ न धामी झाक्री बैध नै उपलब्ध छ सन्सारमा । बाहिय रुपमा लागेको चोट बिमारको उपचार थोर बहुत प्राण घाटक नभए उपचार सम्भव छ तर मनको अन्तस्करणको बिमार संगै रहे पनी थाहा पाउन अत्यान्तै गाह्रो छ । थाहा पाए पनी त्यो अन्तिम अवस्थामा थाहा पाइन्छ त्यो कुरा रोक्न असम्भव नै छ । यो कुरामा नभोग्नेलाई आश्चर्य चकित तुल्याउनु स्वाभाविकै हो र के भएर त्यस्तो भएको भन्ने कुराको खोजी गर्न तिर लाग्छौ जो प्रमान मृतक आफैले लगेर स्वर्ग बास भैसकेको हुन्छ त्यो बास्तविक समस्यालाई सपनामा निराकरण खोजिनु जस्तै भइ सक्छ ।
यो समस्याको हल गर्न त्यती सजिलो छैन यो समस्या दिनानुदिन कोरियामा आउने नेपालीहरुमा झेलिदै गैरहेको छ यस्का थोर बहुत कारणहरु अनुमानित यस्ता हुन सक्छ्न ।
(१)कोरिया आएर पाच बर्ष काम गरेर गए पछिको भबिष्यको राज्यबाट उचित सुनिस्चितता नहुनु
(२)नेपालबाट आफ्नो परिवारको प्रवाशी बास्तविक शारीरिक मानसिक जटिलटाको नबुझी भिबिन्न कुराको माग गर्नु
(३)कोरियन शाहुले सम्झौउतामा गरिएको नियम जस्तै अवश्याक सेवा सुविधा बाट बन्चित गराई थोरै मात्र सेवा सुविधा दिइनु र उचित मानविय ब्यावहार कार्यस्थलमा नगरिनु
(४)कम्पनिमा नेपाली नेपाली बिच प्रतिस्पर्धा हुनु र एक आपसमा समझदारी नहुनु र मानसिक रुपमा सत्रुताको ब्यवहार गरिनु
(५)साथी साथिमा एक अर्काको कामको नभै तलव सुविधाको तुलाना गरिनु कमसल परिनुमा नैरश्यता उतपन्न भइ मानसिक तनावमा परिनु
(६)अवश्याक भन्दा बढी नशालु परदार्थको सेवन गरिनु
इत्यादी कारण हरु हुन सक्छ ।
आफ्नो जिन्दगी आफ्नै जस्तो गर्ने हो अरुको जस्तो बनाउने सपनाले पिरोल्छ दिन रात सन्तुष्टि त हामिलाई पक्कै मिल्दैन त्यो असन्तुष्तिले केहि गर्न प्रेरित गर्छ औधी असन्तुष्तिले जिन्दगिलाई मृत्यूको बाटोतिर धकेल्ने गर्द्छ केहिहदसम्म सन्तुष्टि हुन कोशिस गरौं सकरात्मक बनौ भबिश्य बनाउन आएका हामी आफ्नो र परिवारको भबिश्यलाई सकेसम्म उज्ज्वल पार्ने पाइला अगाडी बाढाऔ भएन भने पनी के छ हिजो खोले फाडो सिस्नो गुन्द्रुक खाएर पनी जिन्दगी चलेकै थियो अरुले के भन्लान ?आफ्नो असफलतामा भन्ने चिन्ता सबैमा हुन्छ तर एक असफलताले हजारौ पाठ हरु सिकाइ रहेको हुन्छ । दिन पछी रात,रात पछी दिन पक्कै आउछ आएन भने रातमै बिताउला भन्ने शाहसले केहि हद सम्म बलियो मन पार्ला कि? कसो……………
आहाले ३हर्दिया धनकुटा नेपाल
हाल:दक्षिण कोरिया ,खिम्पो