कोरियामा “नेपाल कप ” फुटबल टुर्नामेन्ट गरिने


सोल,

नेपाल फुटबल महासँघ दक्षिण कोरियाले कोरियनहरुको महान पर्व छुसकको अवसरमा अक्टोबर ५ तारिक बृहत नेपाली फुटबल महामेला आयोजना गरी नेपाल कप फुटबल टुर्नामेन्ट २०१७ गर्ने भएकोछ।

महासँघको अध्यक्ष श्री कृष्ण गुरुङ ९ ब्रो०० को अध्यक्षतामा सउलमा सम्पन्न बैठकले महासँघमा आबद्ध समस्त फुटबल क्लबहरुका प्रतिनिधिहरुको उपस्थितिमा उक्त निर्णय गरीएको हो । ‘प्रवासी भुमिमा नेपाली फुटबल प्रेमीहरुको एकता र बिकासको आवस्यकता‘ भन्ने मुल नाराका साथ फुटबल बिकास अक्षयकोष निर्माण सहयोगार्थ सो टुर्नामेन्ट गर्न लागेको महासंघले जनाएको छ । सो नेपाली फुटबल महामेलामा अन्तर्राष्ट्रिय नेपाली फुटबल खेलाडीहरुको पनि आतिथ्यता रहने महासँघले थपेको छ।

कोरियामा विभिन्न क्षेत्रमा छरिएर रहेका सम्पुर्ण नेपाली फुटबल क्लबहरुलाई एकताको शुत्रमा गासि फुटबल खेलको माध्यमबाट सर्वोच्च शिखर सगरमाथा र शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मेको भुमि नेपाल भनी परिचित गराउदै नेपालीहरु माझ भाईचारा, मेलमिलाप, सद्भाव, सहयोग र आत्मियता बढाउदै लैजाने हेतुका साथ नेपाल फुटबल महासँघ दक्षिण कोरियाले बृहत नेपाली फुटबल महामेला आयोजना गर्न लागेको हो । फुटबल महामेलालाई सभ्य ,भब्य र ब्यावस्थित तरिकाले सम्पन्न गर्नको लागि विभिन्न प्रारम्भिक समिति र उप समिति गठन गरिएको सचिव राज कुमार गोलेले जानकारी गराए ।

सोही अवसरमा विभिन्न ब्यक्तिगत उत्कृष्ट बिधाहरुमा पनि पुरस्कृत गरिने र महासँघमा आबद्ध समस्त फुटबल क्लबहरुको सहमतिमा पुरस्कार राशी निर्धारण गरिने पनि महासँघले जनाएको छ ।साथै फुटबल महामेलाको प्राङ्गणमा विभिन्न स्वादिष्ट नेपाली परिकारहरु र पेय पदार्थहरुका साथमा विभिन्न मनोरञ्जनात्मक खेलहरु पनि प्रदर्शन गरिनेछ।

 

खेल सम्बन्धि जानकारी

मिति – २०१७ अक्टोबर  ०५ तारिख
समय – बिहान ७ बजे
स्थान –  दोङ्गदोचन फुटबल सेन्टर
आयोजक – नेपाल फुटबल महासँघ दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...