क्यलिफोर्निया, नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको क्यालिफोर्निया शाखा र नेपाल आदिबासी जनजाती महासंघ क्यालिफोर्निया यु एस ए बिच एकताको अधिबेसन क्यालिफोर्नियामा भएको छ । दुई संस्थाहरुलाई एकता गरी अब आगामी दिनहरुमा नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको क्यालिफोर्निया शाखाको रुपमा रहेर काम गर्ने गरी अधिबेसनले देव राईको नेतृत्वमा सर्बसम्मत एक नयाँ कार्यसमिती समेत चयन भएको छ । कार्यसमितीको उपाध्यक्षमा प्रेम लामा, महासचिबमा गम्बु शेर्पा, सचिबमा सुरज पाख्रिन र कोषाध्यक्षमा बुद्ध महर्जन चयन भएका छन् । सदस्यहरुमा क्रमस: भुवन थापा मगर, राजेन्द्र श्रेष्ठ, नवाङ शेर्पा, दिपकमान प्रधान, बबित गुरुङ र श्रीमती गोमा लिम्बु रहेका छन् ।
२३ औ विश्व आदिबासी दिवशको अवसर पारेर क्यालिफोर्निया राज्यको अलामेदा शहर स्थित वाशिंगटन पार्कमा अगस्ट १३ तारिक आईतबार रेशम तामाङको अध्यक्षतामा सम्पन्न भएको यस एकता अधिवेशनले दुई संस्था बिचमा विगत बर्षहरुमा देखिएको मत भिन्नताको तुषारापात समाप्त पारी एकता बनाएको छ । कार्यक्रमको प्रमुख अतिथी नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाको अध्यक्ष श्री लुइसाङ वाईबा थिए भने दर्जनौ स्थानिय गन्यमान्य ब्यक्तिहरु उपस्थित थिए ।
नव निर्वाचित कार्यसमितीलाई कार्य सफल्ताको शुभकामना दिदै प्रमुख अतिथी लुईसाङ वाईबाले महासंघको वर्तमान अवस्था, महत्व तथा आगामी दिनहरुमा यसले नेपाल र नेपालीको विकाशमा खेल्नु पर्ने भूमिकाको बारेमा प्रकाश पारेका थिए । मन्तब्य राख्नेहरुमा बिशेष अतिथि गोपाल खड्की, न्यान्स अध्यक्ष रबिन्द्र राई, जनसम्पर्क समितीका केन्द्रिय बरिष्ट उपाध्यक्ष धनन्जय नरसिङ केसी, नेवा समाजका पुर्ब अध्यक्ष नारायण सोम्नामे, शेर्पा असोसिएसनका अध्यक्ष आंङ छिरिङ शेर्पा, जनसम्पर्क समिति क्यालिफोर्नियाका अध्यक्ष पूर्ण शेर्पा, निर्बाचन प्रमुख डेकेन्द्र मास्के, समाजका अगुवा बिध्या सागर योञ्जन, समाजसेबी सुरेन्द्र मल्ल, रोशन सुब्बा लिबांङ लगायत थिए l किलन राईले सँचालन गरेको अधिवेशनमा सँयोजनकारी भुमिका लाक्पा देण्डी शेर्पाले गरेका थिए ।