कोरियामा कार्यरत नेपालीहरुमाझ जीवनको भिख माग्दै जितेन्द्र सुनार


कोरियामा कार्यरत नेपालीहरुमाझ बाग्लुङ नगरपालिका १४ का २६ बर्षीय मृगौला पीडित जितेन्द्र सुनारले आफ्नो जिबनको भिख माग्दै सहयोगको लागि हार्दिक अपिल गरेका छन् । सामान्य गरिब र दलित परिवारका सुनारको दुबै मिर्गौलाले काम गर्न छोडे पस्चात बिगत लामो समयदेखि वीर अस्पतालमा उपचार गराउदै आइरहेका छन् ।उपचार क्रममा आफ्नो सम्पुर्ण जायजेथा सकिएकोले प्रबाशमा रहेका नेपाली हरुलाइ गुहार्न पुगेको उनको पिता धन बहादुर सुनारले रुदै आफ्नो पीडा बताए ।
घरमा सामान्य खेती किसानी र ऐचो-पैचो गरेर दैनिकी चलाउने जितेन्द्रका बुबा धन बहादुरले गाउलेहरूको सहयोगमा काठमाडौँ को वीरअस्पतालसम्म जेनतेन पुगेर छोरालाइ जचाउदा दुवै मृगौलाले ९०% काम गर्न छोडिसकेको चिकित्सक हरुले बताए ।  मृगौलाको महँगो डायलसिस उपचार गर्नु पर्ने भएकोले छोराको मृत्यु शैयाबाट जीवन रक्षाको अन्तिम भिख माग्दै जितेन्द्रका बुबाले कोरियामा रहेका नेपाली दाजु भाइ दिदी बहिनीहरु, बाग्लुङ सम्पर्क समिति, विभिन्न संघ सस्थाका प्रतिनिधि हरु र कोरियामा दुख गर्नु हुने सम्पुर्ण नेपालीहरु समक्ष थोरै थोरै भए पनि सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरेका छन् ।
आफु निको भएर समाजसेवा गर्ने लक्ष्य राखेका पिडित जितेन्द्रले हात जोड्दै भने ” कोरियामा रहेका भगवान सरह दानी नेपाली दाजु भाइ दिदी बहिनिहरुको सहयोगबाट पहिला पनि म जस्तै धेरै दुखिहरुको ज्यान बचेको सुनेको छु ।त्यसकारण मलाई पनि तपाई हरुको परिवारको एउटा सदस्य ठानेर दुख गरेर कमाएको हजुरहरुको कमाइ मध्ये एक कप चिया को खर्च कटाएर मलाई बचाईं दिनु होस , म गरीव र दुःखीको उद्धार गरिदिनुस हजुरको घरमा पक्कै भगवानको बास हुने छ ।”
कोरियामा जितेन्द्र बचाउ अभियान शुरु भैसकेकोले सम्पुर्ण दाजु भाइ दिदि बहिनीहरुमा सहयोगको लागि हार्दिक अपिल समेत गरिएको छ ।
सम्पर्क : के.बि. बि.सी. -०१०७३६५८४५९
कमल सेन्चुरी – ०१०४६८४४८२७
अनिल गोतामे – ०१०७२१८६३५०
सुरज घिमिरे – ०१०६४४१२११७
खाता नम्बर : उरी बैंक १००२४५१४५२६५४ कोड नम्बर ०२० ( बि.के.सुरज ) 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...