कोरियाका नेपाली कामदारलाई बैंकिइ० कारोबार गर्न सरकारी सूचना जारी


काठमाण्डौ

दक्षिण कोरियामा कार्यरत नेपाली कामदारलाई बैंकबाट रकम पठाउन नेपाल सरकारले सूचना जारी गरेको छ । २०१८ सालको जनवारी १ तारिखबाट लागु हुने गरी सो सूचना जारी गरिएको इपिएस कोरिया शाखा ग्वार्कोले जनाएको छ ।

इपिएस कोरिया शाखामा प्रकाशित सूचना अनुसार बैकबाट रकम पठाएको प्रमाण देखाएपछि मात्रै कोरिया पुन प्रवेश गर्ने श्रम स्वीकृती दिने छ । यदी बैकं कारोबारको प्रमाण पेश गर्न नसके श्रम स्विकृती नपाउने सूचनामा उल्लेख गरिएको छ ।

कोरियामा काम गरी कार्यअवधि सकेर नेपाल फर्केपछि पुन कोरिया आउन सोही कम्पनीमा प्रतिबद्ध कामदार , सिविटी र पिविटी परिक्षा दिएका कामदारले जनवरी १ तारिखबाट श्रम स्विकृती लिदा सो नियम लागु पालना गरिनुपर्ने जनाइएको छ ।

इपिएस कोरिया शाखामा प्रकाशित सूचना निम्न अनुसार रहेको छ ।

बैङ्किङ् च्यानलबाट रकम पठाउने सम्बन्धी सूचना ।

नेपाल सरकार
श्रम तथा रोजगार मन्त्रालय
वैदेशिक रोजगार विभाग
ई.पी.एस. कोरिया शाखा
ग्वार्को,ललितपुर ।

वैदेशिक रोजगारका लागि दक्षिण कोरिया गएका नेपाली नागरिकहरुलाई बिप्रेषण पठाउने सम्बन्धी अत्यन्त जरुरी
सूचना !!

मिति:- २०७४।०४।३०

वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरुले सम्बन्धित मुलुकहरुमा आफुले आर्जन गरेको रकम औपचारीक माध्यमबाट स्वदेश नपठाउदा जे जति वैदेशिक मुद्रा राष्ट्रिय अर्थतन्त्रमा प्रवाहित हुनु पर्ने हो, सो हुन सकिरहेको छैन । विदेशमा आर्जित रकम बैङ्किङ् वा यस्तै औपचारीक माध्यमबाट स्वदेश भित्र्याउन सकेमा मात्र विदेशी मुद्रा राष्ट्रिय अर्थतन्त्रमा समावेश हुने, प्रेसित बिप्रेषणको सुरक्षा हुने, विदेशी मुद्राको नियमनमा सघाउ पुग्ने र ब्यक्तिको आर्जित रकम सुरक्षित हुने भएकोले रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरिया जाने नेपाली नागरीकहरुले तहाँ आर्जन गरेको मुद्रा बैङ्किङ् च्यानलबाट नेपाल पठाउन सूचित गरिन्छ ।

वैदेशिक रोजगारमा गई विदामा फर्किएका वा प्रतिबध्द (Committed) भै आएका वा सि.बि.टि. वा पि.बि.टि. परीक्षा दिएर पुन कोरिया जाने नेपाली नागरिकहरुले सन् २०१८ जनवरी १ देखि पुन श्रम स्विकृती लिदा बैङ्किङ् च्यानलबाट रकम पठाएको प्रमाण पेश गर्नु पर्ने छ । त्यस्तो प्रमाण पेश गर्न नसक्ने ब्यक्तिहरुको श्रम स्विकृती जारी नहुने तथा वैदेशिक रोजगारमा जान नसक्ने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरीएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • लामिछानेको पक्राउ विरुद्ध प्रवास नेपाली सम्पर्क विभागको प्रेस विज्ञप्ति
  • चलचित्र “खुस्मा” सउल शोका लागि नायक धिरज मगर कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...