एन आर एन कोरियामा कसले बाजी मार्ला ? यस्ता छन् अध्यक्षमा दाबेदार पाँच उमेद्वार


समाचार विश्लेषण :

 

यतिखेर कोरियामा रहेका नेपालीहरुबिच एनआरएनको चुनावी माहोल साच्चिकै तातिरहेको छ । सामाजिक सञ्जाल होस् या विभिन्न अनलाइन मिडियामा उमेद्वारीका लागि दावी गर्नेहरुको घोषणापत्र सहित चुनावी प्रचारप्रसारले तिब्र गति लिएको छ । उमेदद्धारहरु आआफ्नो पक्षमा मतदाता नामावली संकलन गर्ने कार्यमा पनि लागिपरेका छन् ।

यहि आउने सेक्टेम्बर ९ र १० तारिखमा कोरियाको राजधानी सौलमा हुन गइरहेको गैह्र आवासीय नेपाली संघ कोरियाको छैठौं अधिबेशनका लागि  कार्य समितिको  बिभिन्न  पदमा उमेद्वारी घोषणा गर्ने होडबाजी नै चलेको छ । दुईबर्षे कार्यकालको लागि अध्यक्ष १ जनाको ठाउँमा ५ जनाले उमेदवारी घोषणा गरेका छन् । अन्य पदका लागि पनि धेरै जनाले उमेदद्धारी घोषणा गरिरहेका छन् ।

सबैले आआफ्नो उमेद्वारी घोषणासँगै विभिन्न बुँदे घोषणा पत्र पनि जारी गरेका छन् । एनआरएन कोरियालाई दिगो र संस्थागत रुपमा विकास गरी पारदर्शी र प्रभावकारी बनाउनुका साथै विभिन्न संघसंस्थाको रुपमा हातेमालो गर्दै एनआरएनलाई साझा संस्थाका रुपमा विकास गर्ने एवं कोरियामा रहेका नेपालीहरुको हकहितमा काम गर्ने सबै उमेद्वारको लक्ष्य छ । तर यो चुनावभरीलाई मात्र सिमित हुने हो कि? पदमा पुगेपछि पनि साँच्चिकै कार्यनयन हुन्छ त्यो त हेर्ने बाँकी छ ।

अहिले कोरियास्थित नेपाली दूतावासमा एनआरएनको आधिकारिक रुपमा सदस्यता लिएका वास्तविक एनआरएन १२, १३ जना मात्र रहेको पाइन्छ । तर एनआरएनको अध्यक्ष पदको लागि उमेदवारी घोषणा गर्नेको संख्या पाँच छ भने अन्य पदसहित गरेर उमेद्वार दिनेको संख्या धेरै देखिन्छ  ।  चुनावको बेला मात्र भोट तान्नलाई एनआरएनको सदस्यता बनाइदिने तर आधिकारिक रुपमा सदस्य नबनाउने  परिपाटी नभएको होइन । यसप्रति पनि सोच्ने हो कि ? हुन त यसको कारण र पाटो अर्कै होला । तर अहिले भने एनआरएन चुनावकै विषयमा बहस गर्नु उचित होला ।

कोरियामा रहेका नेपालीहरुको हकहितका लागि सन् २००६ मा स्थापित गैर आवासीय नेपाली संघ(एनआरएन) सबैभन्दा ठुलो सामाजिक संस्थाको रुपमा चिनिन्छ । अघिल्लो कार्यकालमा विभिन्न पदमा रहेका पाँचैजना अहिले अध्यक्ष पदको दावेदार छन् । पाँचै जना आआफ्नै किसिमले भोट माग्न र प्रचारप्रसारमा व्यस्त छन् ।

 

छैंटौ एनआरएन अधिबेशनमा अध्यक्ष पदका लागि दावेदार गर्ने पाँच प्रतिष्पर्धी उमेद्वारहरु कोको हुन् त ?

 

ओम जुग्जाली मगर

कोरियामा रहेका नेपाली मजदूरहरुको हकहित र अधिकारका लागि विभिन्न कार्ययोजना तयार गर्नुका साथै रेमिटेन्सलाई कोरियाबाट बैधानिक रुपमा नेपाल पठाउनका लागि नेपाली दुतावाससँग सहकार्य गर्ने तथा नेपाल हाउसलाई परिमार्जन गर्दै व्यवस्थित रुपमा सञ्चालन गर्ने लगायतका घोषणापत्र जारी गर्दै एनआरएन अध्यक्ष पदका लागि उमेद्वारी दिएका पाँच प्रतिष्पर्धी मध्येका एक हुन् ओम जुग्जाली मगर ।

एनआरएन कोरियाका अध्यक्षका प्रत्यासी ओम जुग्जाली मगर बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुन् । म्याग्दी घर भएका जुग्जाली बिगत १२ बर्ष देखि कोरियामा व्यापार गर्दै आएका छन् भने विभिन्न संस्था मार्फत सामाजिक सेवामा पनि सक्रिय छन् । जुग्जाली आफु बरिष्ठ उपाध्यक्ष भएकोले सहमतिको आधारमा अध्यक्ष हुनु पर्ने दाबी गरेता पनि सर्वसम्मत हुन नसकि अरु ४ जना व्यक्तिहरुसँग प्रतिष्पर्धामा उत्रेका हुन् ।

सन् २००९ देखि नै एनआरएन कोरियाको कार्यसमितिमा सदस्य र पाँचौ कार्यसमित २०१५ मा वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो जिम्मेवारी पुरा गरेका छन् । यहि कार्यकालमा ६ महिना कार्यबाहक अध्यक्ष भएर काम गरेको अनुभब र निरन्तर समाज सेवामा पनि सक्रिय भएको हैसियतले आफुले उमेद्वारी दिएको बताउछन्

। उनकै पालामा तत्कालिन उर्जा मन्त्री जनार्धन शर्मालाई आमन्त्रण गरि जलविधुत सम्बन्धि सेमिनार सम्पन्न गरेका थिए । कोरियामा भएका सबै संघ संस्था नेपाली समुदायसंग पनि राम्रो सम्बन्ध भएका कारण उनको शुभचिन्तक समर्थक बढी भएको दाबी गर्छन् उनी ।

नेपाल मगर संघ कोरिया, कास्की र म्याग्दी समाजको सल्लाकार समेत रहेका जुग्जालीलाई नेपाल मगर संघ, बाग्लुंग, म्याग्दी, पर्बत, पुन समाज र कास्कीलगायत विभिन्न जातिय तथा क्षेत्रिय संघसस्थाको सहयोग र समर्थन रहनेमा ढुक्क छन् । त्यस्तै राजनीतिक रुपमा पनि बामपन्थी प्यानलले उनलाई समर्थन गर्ने देखिन्छ भने ओ.एन.एफ.,जन प्रगतिशील मञ्च, नयाँ शक्ति र साझा सद्भाव समूहले ओम जुग्जालीको प्यानलमा आफ्ना उमेदबारलाई मिलाएर जान सक्ने सम्भावना पनि छ्र ।

 

लोचन राई

लामो समयदेखि कोरियामा बस्दै आएका लोचन राई कोरियामा रहेका नेपालीमाझ त्यत्तिकै चर्चित छन् । विद्यार्थी भिषामा कोरिया आएका राई कोरियन नागरिकसंग घरजम गरि कोरियाकै नागरिकता लिएर बसेका छन् । आफुलाई पक्का एन आर एन भएको दाबी गर्ने लोचन बिगत लामो समयदेखि एन सी सी कोरियाको सल्लाहकार र  अध्यक्ष भएर काम गरि सकेका छन् । एन आर एन कोरियाको  तेस्रो कार्य समितिमा उपाध्यक्ष समेत रहेका थिए ।

नेपाल आदिबासी जनजाती महासंघ, किरात राई यायोख्खा, खोटाङ सेवा समाज, पुर्बान्चल सरोकार मंच लगायतका संस्थामा सल्लाकारको भूमिका निर्बाह गर्दै आएका राई सक्रिय समाजसेबी हुन् । उनले २ बर्ष अगाडी एन आर एन ए कोरियाको अधिबेशनमा एन आर एन ए (आई सी सी सदस्य) पदमा उमेदवारी दिएका थिए तर जित्न भने सकेनन् । इन्टेरीअर  इन्जिनियरका रुपमा कार्यरत लोचन  एन आर एन कोरियालाई मजदुर मैत्री बनाउनु पर्छ भन्ने पक्षमा छन् । र यसकै लागि अध्यक्षमा उमेद्वारी घोषणा गरेका हुन् ।

किरात राई यायोख्खा, याक्थुङ चुम्लुङ, खोटाङ, पुर्बाञ्चल सरोकार लगायत जनजाती समुदायबाट बलियो मत आउने देखिन्छ्र तर पाँचै जना उमेदवार नै जनजाती समुदायको भएकोले भोट भने बाडिने सम्भाबना पनि त्यतिकै देखिएतापनि पुर्बाञ्चल क्षेत्रबाट एक्लो उमेद्वार भएकोले पनि जित्ने सम्भावना प्रबल छ ।

 

लक्ष्मी लामा गुरुङ

एनआरएन कोरियालाई आधिकारिक रुपमा दर्ता गर्ने र कोरियाको नेपालीहरुको हितमा काम गर्ने लक्ष्यका साथ एनआरएन अध्यक्ष पदमा उमेद्वारीको घोषणा गरेकी छिन् अर्की उमेद्वार लक्ष्मी लामा गुरुङ ।

नेपालको विकट तर भौगोलिक रुपमा मनमोहक जिल्ला मनाङमा जन्मेकी लक्ष्मी लामा गुरुङ एनआरएन वर्तमान कार्य समितिको उपाध्यक्ष हुन । २२ बर्ष देखि कोरियामा बस्दै आएका लक्ष्मी व्यापार र समाज सेवालाई एक साथ अगाडी बढाउदै आएकी छिन् । जनजाती महासँघ, मनाङ परिवार र कास्की परिवारको सल्लाकार लक्ष्मी वुमन फर वुमनको संरक्षक पनि हुन् । कोरियामा कार्यरत नेपालीहरुको आपद विपदको सहयोगी बन्दै आएकी लक्ष्मी आपत बिपत र समस्यामा परेकाहरुको उद्दार र सहयोग गर्नमा कानुनी रुपमा वा सेवाको रुपमा सक्रिय भूमिका निर्बाह गर्दै आएकी छिन् । जसका कारण पनि लक्ष्मीको समर्थक उल्लेख्य भएको बताइछ ।

नेपाली जन सम्पर्क समिति कोरियाले पूर्णरुपमा उनलाई सहयोग गर्ने बताइन्छ भने मनाङ मुस्ताङ ,तमुधिं ,वुमन फर वुमन र कास्की समाजबाट पनि राम्रो भोट आउने अनुमान गर्न सकिन्छ्र । यद्यपि एउटै पदका लागि जुनु गुरुङ र बुद्धि गुरुङ पनि उठ्ने भएकोले तमुधिको भोट भने बाँडिने सम्भावना छ्र । उनको स्वतन्त्र समर्थक र सुभचिन्तक पनि राम्रो भएको दाबी गरिन्छ्र । यस्कै आधारमा जित्ने सम्भाबना प्रबल छ ।

 

 जुनु गुरुङ

एनआरएन कोरियाको अध्यक्ष पदमा जिते कोरियामा रहेका नेपालीहरुको हितमा काम गर्न र एनआरएन कोरियालाई अझ व्यवस्थित तवरले अगाडि बढाउन पहल गर्ने  घोषण सहित उमेद्वारी दिएकी अर्की प्रतिष्पर्धी हुन जुनु गुरुङ ।

व्यापार व्यवसायसँगै सामाजिक क्रियाकलापमा अग्रणी महिला जुनु गुरुङ कोरियामा सुनिने चर्चित नाम हो । एनआरएन कोरियाको बर्तमान कार्यसमितिको उपाध्यक्ष रहेकी जुनु गुरुङले पनि अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेकी छिन् । वुमन फर वुमनको अध्यक्ष र हाल संरक्षक रहेका गुरुङ उनकै कार्यकालमा वुमन फर वुमनको महिला सेल्टरलाई ब्यबस्थित रुपमा ब्यबस्थापन गरे पश्चात चर्चामा आएकी थिइन् ।

लम्जुङ घर भइ सन् २००६ देखि बिजिनेस भिजामा कोरिया प्रवेश गरेकी जुनु सुभेच्छा रेस्टुरेन्ट र मार्ट मार्फत सफल ब्यवसाहीको परिचय बनाएकी छिन् । लम्जुङ परिवार, तमुधिं, जनजाती महासघ कोरियाको सल्लाकार समेत रहेकी जुनुलाई लम्जुङ र तमुधिंबाट राम्रो भोट आउने अनुमान गर्न सकिन्छ भने जनजाती समुदाय  र वुमन फर वुमन बाट पनि राम्रो भोट आउने सम्भाबना छ ।

राजनीतिक रुपमा खुलस्त कुनै पनि दलप्रति नजिक नभएका कारण खुलेर उनलाई समर्थन गर्ने सम्भावना कम छ्र । तर सामाजिक अभियन्ता भएकै कारण उनको स्वतन्त्र समर्थक उलेख्य मात्रामा छ्रन् । स्वतन्त्र भोट मार्फत नै उनको जित्ने सम्भावना प्रबल छ । एउटै समुदायबाट एकै पदमा २ जना महिला प्रतिष्पर्धी बन्नुले भने उनीहरु दुबैलाई   महिला, तमुधिं र जनजाती समुदायको भोट भने बाडिने पक्का छ जसको फाइदा अर्को प्रतिष्पर्धीले नउठाउलान भन्न सकिन्न ।

 

बुद्धि गुरुङ

वर्तमान एनआरएन सदस्य बुद्धि गुरुङ पनि अहिलेका अर्का अध्यक्ष पदका दावेदार हुन् । कास्कीका बुद्धि गुरुङ सन् १९९२  तिर टुरिस्ट भिजामा कोरिया प्रवेश गरेका थिए । त्यहि बेला कोरियन नागरिकसंग बिहे गरेर कोरियामै बसेका उनले सन् २००० मै कोरियन आई डी पाएका थिए । सन् १९९९ मा एशिया मार्टबाट ब्यापार सुरु गरेका गुरुङ अहिले रेस्टुरेन्ट ब्यवसाही बनेका छन् । सौलको सुवनमा संचालित स्वयम्भु रेस्टुरेन्ट सहित अन्य ३ वोटा रेस्टुरेन्ट संचालन गरेका उनी कोरियामा सफल ब्यवसाहीका रुपमा परिचित छन् ।

सामाजिक रुपमा पनि तमु धिं मा काम गरि सकेका बुद्धि बर्तमानमा एन आर एन कोरियाको कार्यसमितिको सदस्य हुन् । अघिल्लो कार्यकालमै एनआरएन कोरियाको अध्यक्षमा उमेदवारी दिने सोच बनाएका थिए तर अध्यक्ष पदमा लड्नको लागि पनि एक कार्यकाल कार्य समितिमा काम गरेको हुनु पर्ने कारणले सदस्य पदमा रहेर काम गर्दै आएका हुन् ।

केही कोरियन संस्थामा पनि आबद्द गुरुङ कोरियन र नेपाली दोभाषेको रुपमा पनि काम गर्दै आएका छन् । कास्की समाजबाट राम्रै भोट आउने आशा गरेका बुद्धी  तमुधि, सुवन, फेनतेक क्षेत्रबाट पनि राम्रै भोट आउने आशा गरेका छन् । तर तमु धिं र कास्कीबाट भने भोट बाडिने अवस्था छ । त्यसैगरी जन सम्पर्क समितिले लक्ष्मी गुरुङलाई सिफारीस गरेता पनि बुद्धि गुरुङलाई पनि केहि भोट आउने अवस्था देखिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...