वाट्सएप नेपाली तारामा कोरियाबाट सहभागी प्रथम र दितिय सुरेन र बिनोद बान्तावालाइ पुरस्कार बितरण


 विश्वब्यापी अनलाइ गायन प्रतियोगिता “वाट्सएप नेपाली तारा सिजन -1” का बिजेताहरुलाइ पुरस्कार तथा प्रमाणपत्र बितरण कार्यक्रम काठ्माण्डौको बागबजार स्थित सिटि म्याक्स हलमा  भदौ एक गते भब्य रुपमा सम्पन्न भयो ।
कार्यक्रममा प्रथम हुन सफल भोजपुर होम्ताङका सुरेन बान्तावालाइ एउटा गित रेकर्ड गर्ने अवसरका साथै, नगद तीस हजार र प्रमाण पत्र प्रदान गरियो । त्यसै गरि दितिय पुरस्कार जित्न सफल भोजपुर पात्लेपानीका बिनोद बान्तावालाइ नगद तीस हजार सहित प्रमाण पत्र र तृतिय स्थान ओगट्न सफल सङ्खुवासभाका अमर राईलाई नगद बीस हजार र प्रमाण पत्र प्रदान गरियो ।
प्रथम सुरेन बान्तावा र दितिय बिनोद बान्तावा कोरियाबाट सहभागी भएका थिए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका सदस्य सचिव प्राज्ञ गणेश रसिक प्रमुख अतिथी रहेको यस कार्यक्रमको सम्योजकको भुमिकामा प्राज्ञ शशी लुमुम्बु रहेका थिए भने अतिथिहरुमा कवि चन्द्र रानाहाङ्छा, गितकार राम रेप्चुङ, गायिका तथा सङ्गितकार निलम रोजु राई आदि रहेका थिए ।
हङ्कङमा रहदै आएका गायक नवीन राईद्वारा परिकल्पना तथा ब्यवस्थाप गरिएको बिश्वब्यापी अनलाइन गायन प्रतियोगिता “वाट्स एप नेपाली तारा सिजन एक” 2016 मा सम्पन्न भएको थियो । मुख्य निर्णायकको रुपमा नेपालबाट सङ्गितकार मनोज साङ्सोन थिए भने अन्य निर्णायकहरुमा सुमन राई नेपालबाट र कुमार दुमि अमेरिकाबाट रहेका थिए ।
‘यो मन त मेरो नेपाली हो’ भन्ने नाराका साथ कार्य ब्यस्तताले गर्दा रियालिटी शोमा भाग लिन नसकेका प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ शुरु गरिएको कार्यक्रममा नेपाल,भारत, जापान,मलेशिया,साउदी अरब,दुबइ , कुवेत, कतार, अमेरिका, द कोरिया आदि देशहरुबाट गरेर चार सय भन्दा बढी प्रतियोगिहरु सहभागी भएका थिए ।
मोबाइल एप्स वाट्स एपको माध्यमबाट सन्चाल्न गरिएको यस कार्यक्रममा विभिन्न चरणहरु पार गर्दै फाइनल राउण्डमा आइपुगेका प्रतियोगीहरुले निर्णायक र श्रोता र दर्शकको भोटबाट पाएको अङ्कका आधारमा प्रथम दितिय र तृतिय बिजेताको नाम घोसणा गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...