तीज कार्यक्रमको लागि कलाकार कोरियामा
वुमन फर वुमन दक्षिण कोरियाले नेपाली महिलाहरुको चाड तीजको उपलक्ष्यमा यही आइतबार गर्न लागेको संस्कृतिक कार्यक्रमको लागि नेपालबाट दोहोरी गायिका भीमु गुरुङ कोरिया आइपुगेकि छिन् । उनलाई ईन्छन अन्तराष्ट्रिय एयरपोर्टमा संस्थाको अध्यक्ष पदमा श्रेष्ठ, संरक्षक लक्ष्मी गुरुङ र जुनु गुरुङ, सचिव रुपा गुरुङ र बरिष्ठ सल्लाहकार उर्गेन गुरुङले स्वागत गरेका थिए ।
कार्यक्रमको सम्पूर्ण तयारी सकिएको वुमन फर वुमनका अध्यक्ष पदमा श्रेष्ठले बताइन । उनले संस्थाले गर्न लागेको कार्यक्रमबाट उठेको रकम नेपालको बाढि पीडितलाई दिने पनि बताइन । ‘देश यति खेर पीडामा छ हामीले बिदेशमा बसेर गर्न सक्ने सहयोग गर्ने हो ।’ उनले थपिन् । कार्यक्रम सउलको जोग्येशाको हलमा हुनेछ ।
संस्कृतिक कार्यक्रममा गायिका भीमुका साथमा कोरियामै रहेका नेपाली कलाकारहरुको समेत सहभागिता रहनेछ ।