यहि २७ तारिक आइतबारका दिन छल्लानाम्दो ख्वाङ्जुमा अहिलेसम्मकै बृहत् सेमिनार हुने भएको छ । नेपाली सामुदायिक समिति ख्वाङ्जु र एन आर एन ए क्षेत्रीय कमिटी ख्वाङ्जुको संयुक्त पहलमा उक्त सेमिनारको आयोजना हुन लागेको हो ।
सेमिनारमा मानसिक तनाब,स्वेच्छिक अबकाश, डिप्रेसन, नेपालमा लगानिका सम्भावना जस्ता बिबिध बिषय हरुमा अन्तर्कृया हुने आयोजकले बताएको छ । कार्यक्रमलाई कोरियाका लागि महामहिम राजदुत अर्जुन बहादुर सिंह , कार्यबहाक राजदुत किरण शाक्य, डा. देबि बहादुर बस्नेत र कोरियाकै चर्चित साइकोलोजिस्ट प्रोफेसर रे क्युन होले उल्लेखित बिषय हरुमा जानकारी दिने बताइएको छ ।
कार्यक्रम निर्धारित समय अनुसार ठिक १२ बजे शुरु हुने आयोजकले बताएको छ ।
मिति 2017/08/27 आइतबार समय बिहान 12 बजे
स्थान:- 광주 외국인력지원 센터 (Gwangju Support Center for Foreign workers ) (광주 광역시 광산구 풍영로 145번길82 (구.흑석동 510번지)