सबिन अझै भेटिएनन्
मीनप्रकाश उप्रेती
सोल-कोरियामा बेपत्ताभएका एक नेपाली दुई साता बितिसक्दा पनि फेला पर्न सकेका छैनन् । गत मे ३१ तारिख रातिदेखि एक्कासी बेपत्ता भएका तेह्रथुम ओयाक्जुङका सबिन मादेम्बा लिम्बु हाल सम्म फेला पर्न नसकेका हुन् ।
लिम्बु रोजगार अनुमति प्रणालीबाट एक वर्षअघि कोरिया आएका थिए । कम्पनी परिवर्तन गरी एक महिनाअघि मात्र ख्यङगीदो आन्सङसीको खोसाङ क्षेत्रको हान्ग्यल बंगुर फर्ममा उनी कार्यरत थिए ।
उक्त साँझसँगै खाना खाई सुत्न गएका सबिन बिहान उठ्दा फेला नपरेको सँगै काम गर्ने दिलकुमार लिम्बुले बताए । सबिन केही दिन देखि मानसिक तनावमा रहेका जस्तै देखिन्थे, उनी बारम्बार उक्त कम्पनीमा काम गर्न नसक्ने भन्दै आएको दिलकुमारको भनाई थियो ।
सबिनले सोही साँझ फेसबुक स्टाटसमा आमा बुबा र आफन्तलाई सम्बोधान गर्दै गल्ती भयो माफ गरिदिनुहोस् भन्दै हराएपछि थप संख्या उत्पन्न भएको परिवार स्रोतले जनाएको छ ।
दुई साता बितिसक्दा पनि सबिन फेला नपर्दा परिवारमा चिन्ता छाएको दिदी सिता मादेम्बाले बताईन् ।
श्रम सहचारी अनिल गुरुङ्ले भने दूतावास उक्त घटनामा गम्भीर भएको र खोजी कार्य जारी रहेको बताएका छन् । गुरुङले केहि दिनअघि एनआरएनका अध्यक्ष बिनोद कुँवरसंग सबिनको कम्पनीमा पुगेर स्थिति बुझेका थिए |