आदिवासी जनजाती महासंघ दक्षिण कोरिया द्वारा यस महासंघ मातहतका संघ संस्थाहरु बिच आउदै गरेको चुसकको लागि सांस्कृतिक कार्यक्रम बाँडफाँड सम्पन्न गरिएको छ। सबै जातिय संस्थाका प्रतिनिधि, महासंघका सल्लाहकार लगायत समाजसेवी बुद्धिजीवीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ कोरियाले गत हफ्ता एनसीसी कोरियाले गरेको कार्यक्रम बाँडफाँड कार्यक्रममा भुलबस त्यसो हुन पुगेकोमा क्षमा याचना गर्दै किराँत याक्थुङ चुम्लुङ महासंघ मातहतको संस्था भएकोले आगामी दिनमा महासंघको निर्णय अनुरुप चल्ने प्रतिबद्धता जनाउनुहुँदै कार्यक्रमको माग गरि महासंघमा निवेदन दिनुभएको थियो । जस अनुरुप महासंघबाट कार्यक्रम गर्ने पालो थकाली सेवा समाजको भए पनि यसपालि अन्य संस्थाको माग नभएकोले किराँत याक्थुम चुम्लुङलाई चुसकको पहिलोदिन(अक्टोबर ३) कार्यक्रम गर्ने अनुमती प्रदान गरिएको छ ।
उक्त कार्यक्रम सफल पार्न सबै संघ संस्थाहरुले सहयोग समर्थन गर्ने प्रतिवद्धता जनाएका छन। महांघको अध्यक्ष श्री चित्रबहादुर मोक्तानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमबाट आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको बर्तमान कार्यसमितिको कार्यवधी पूरा हुन लागेको अवस्थामा अब आउने अक्टोबर २९ तारिक आइतबारका दिन महासंघको अधिवेशन गर्ने निर्णय गरिएको छ। स्थान पछि जानकारी गराइने छ।
अन्तमा एनसीसी कोरियाले गरेको बार्ताको अनुरोधलाई सकारात्मक लिदै हाम्रा बुदागत सर्तहरु सहित बार्तामा बस्ने निर्णय गरिएको छ भने आउदै गरेको एनआरएन चुनाबको अध्यक्ष पदमा अधिकांश महासंघकै सल्लाहकार र अन्यपनी आदिवासी मुलकै हुनुभएको कारण समान रुपले सबैलाई महासंघको तर्फबाट जितको शुभकामना दिदै स्वएच्छाले समर्थन र भोट गर्न अनुरोध गरिएको छ।