छुसकमा सिरिजंगा सांगीतिक सौगात हुदै
कोरियाको महान पर्व छुसककोअवसर पारेर किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सिरिजंगा सांगीतिक सौगात भाग ४ कार्यक्रमको आयोजना गर्ने भएको छ । गत सेक्टेम्बर ३ तारिख नेपाल आदिवासी जनजाती महासंघ कोरियाले छुसकका लागि कार्यक्रम बाँडफाँड गर्दा कार्यक्रम गर्ने पाले चुम्लुङले पाएको हो ।
ऐतिहासिक हिलिहाङ दरबारको संरक्षण एवं सम्वद्र्धन गर्ने उदेश्यले गर्न लागिएको उक्त कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुको उपस्थिति रहने भएको छ । उक्त सांगीतिक सौगात कार्यक्रमका लागि नेपालबाट अहिलेका सुप्रसिद्ध हाँस्य कलाकार बुद्धी तामाङ, हट लोकदोहोरी गायिक ज्योति थापा मगर आधुनिक गायक कुशल थलंग, नेपाल आइडलकी प्रतियोगि गायिका प्रमिला राई, गायक राजनराज शिवाकोटी, हट डान्सर चन्दा दाहालसहित स्थानीय कलाकारहरु देवेन चेम्जोङ, अप्सन लिम्बूलगायतको प्रस्तुति रहने छ ।
कार्यक्रम अक्टोबर ३ तारिख मंगलबारको दिन ठिक १२ बजेबाट सौलको फेकचुन्यन किन्यमग्वान, जोङनो ओगामा सुरु हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रमका लागि कोरियामा रहेका सम्पूर्ण संघ संस्था लगायत बुद्धिजिवि व्यापारी खेलाडी विद्यार्थी एवं विभिन्न पेशामा आवछ सबै नेपालीहरुलाई कार्यक्रममा उपस्थित भइदिन आयोजकले अनुरोध गरेको छ ।