नयाँ शक्ति कोरिया फुट्ने क्रम जारी, राजु श्री र पेम साङ्बो शेर्पाद्वारा पार्टी परित्यागको घोषणा
नयाँ शक्ति कोरियाका पूर्ब संगठन बिभाग तथा प्रचार प्रसार बिभाग प्रमुख राजु श्री र पुर्ब आर्थिक बिभाग प्रमुख पेम साङ्बो शेर्पाले नयाँ शक्ति पार्टी परित्यागको घोषणा गरेका छन् ।
INS कोरियाको पूर्ब सचिबालय सदस्य तथा प्रबास प्रादेशिक सदस्य समेत रहेका दुबै जनाले अध्यक्ष समक्ष राजीनामा बुझाउदै नयाँ शक्ति पार्टीमा नरहेको बताएका छन् । कुनै पनि आग्रह पुर्बाग्रह नराखि सबैसँग साथित्व र भातृत्व कायम राख्दै नयाँ शक्ति पार्टीको बिचारबाट मात्र अलग रहेको राजिनामा पत्रमा उल्लेख गरिएको एक पदाधिकरीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको गठनदेखि नै सकृय र अग्रणी भुमिका निभएका श्री र शेर्पा संगठनभित्र प्रभावशाली ब्यक्तिका रुपमा मानिन्थे । शेर्पा आर्थिक बिभाग प्रमुख तथा ५ नम्बर क्षेत्रको क्षेत्रीय इन्जार्ज समेत रहिसकेका थिए । आर्थिक बिभाग प्रमुख रहदा संगठन भित्र मितब्ययिता अपनाएर शेर्पाले आर्थिक रुपमा संगठनलाई बलियो बनाएका थिए भने राजनीतिक बैचारिक रुपमा दख्खल राख्ने राजु श्री ३ नम्बर क्षेत्रको क्षेत्रीय इन्चार्ज, संगठन बिभाग प्रमुख, प्रचार प्रसार बिभाग प्रमुख हुदै प्रबास प्रादेशिक सदस्यसमेत थिए ।
INS कोरियाको प्रथम अधिबेशनदेखि संगठनको रफ्तारमा गिरावट आउदै गएको र उहाहरु सहित धेरै साथिहरु पनि निष्क्रिय बन्दै गएका उनिहरु निकटका एक पदाधिकारी ले बताए ।
यसै सन्दर्भमा कुरा गर्दा शेर्पाले सिङ्गो पार्टी र संगठन भित्र बिचार र निस्ठाको राजनितिक अन्त्य जस्तै रहेको बताए । साथै पार्टी भित्र नाताबाद र कृपाबादले जरा गाड्दै कामको मुल्यांकन शुन्य रहेको बताए ।
INS कोरिया बाट बाहिरिएर धुर्बिकरण अभियानमा
राजु श्रीले आफू छलफलमा रहेको बताउदै ‘परिबर्तनका शुत्रधारहरुमा धुर्बिकरण मात्र हैन चुनवाङ दोहोरिन आबश्यक छ भन्दै घुमाउरो कुरा गरे भने अन्य समसामयिक जिज्ञासा हरुमा उनी खासै खुल्न मानेनन् ।
पत्रकारिता, राजनीती र साहित्य लेखनमा दख्खल राख्ने श्री संगठन निर्माणमा कुशल भुमिका निभाउन सक्ने खुबी भएका ब्यक्तिका रुपमा रहेको एक पदाधिकारीले बताए ।
स्मरण रहोस नयाँ शक्ति कोरियामा पहिला पनि सचिबालय सदस्य तथा केन्द्रिय सचिब महेन्द्र पोख्रेल, केन्द्रिय सदस्य बैरागी माइला , सचिबालय सदस्य दिपेन किराँती लगायत केही कार्यकर्ताले पार्टी परित्याग गरिसकेका छन् ।