कृष्णभक्तको ‘पश्ताचाप’ सार्वजनिक
‘पश्ताचापको हुरी चल्छ जव तिमी रिसाउदा
मायालु ति मुस्कानमा आँसु थोरै मिसाउदा..’
कोरियामा कार्यरत हेमन्त माबोको शब्द कृष्णकुमार राईको संगीतमा गायक कृष्णभक्त राईको स्वर रहेको गीत ‘पश्चाताप’ सार्वजनिक भएको छ ।
कला र सृजनालाई जस्तो सुकै व्यस्तता या अप्ठ्याराहरुले रोक्न सक्दैन भन्ने उदाहरण बन्दै आएका केही सिर्जनशिल युवाहरु मध्येका युवा गीतकार हेमन्त माबोको शब्द र कृष्ण कुमार राईको संगीतमा गायक कृष्णझ राईले स्वर दिएका छन् ।
दक्षिण कोरियामा कार्यरत सिर्जनशिल प्रतिभाका धनी कृष्ण कुमार राई र हेमन्त माबो कोरियामा भेटेर नेपाली संगीत क्षेत्रमा केहि आफ्नो सृजना पस्कने साहस गरेका छन् । फलस्वरुप गीतको जन्म भएको छ । जुन सिर्जनालाई जिवन्त दिएका छन्, ‘नमुछे आमा दहीमा टिका’, ‘हाम्रो माया चर्किको ऐना सरि’, ‘आज निष्ठुरीको’ जस्ता चर्चित गीतका गायक कृष्णभक्त राईले ।
उक्त सुमधुर गीतलाई हेरेर सुनेर प्रतिक्रिया दिन पनि गीतकार माबो र संगीतकार राईले आग्रह गरेका छन् ।