लगू कथा: असल मान्छे
उनीहरुलाई देखेर नै थाहा हुन्थ्यो यो मित्रता धेरै पहिलेले देखिको थियो र आज अचानक उनिहरुको भेट भएको हुनु पर्दछ ।
पहिलो : ओहो लगभग १५ वर्ष पछि भेट भयो है हाम्रो, हैन त ?
दोश्रो : हो त त्यो पनि हस्पिटलमा हाहाहा…. (दुवै जना हास्छन), के भएर आएको हस्पिटल ?
पहिलो : सुगरले समात्यो मलाई त, त्यहि जाच्न अनि औषधी पनि सकिएको थियो लिनलाई आएको थिए, अनि त चाहिँ किन नि हस्पिटल?
दोश्रो : मेरो प्रेसर छ, अनि के भन्नु तलाई डिप्रेसनको औषधी पनि खाई राछु ।…
केहि बेरको भलाकुसारी पछि … पहिलोको मोबाईलमा घन्टि बज्छ ।
पहिलो : छोरोले बिहान छोडेर गएको , अहिले लिन आउदै छु भनेर कल गरेको ।
दोश्रो : तेरो छोरो के गर्छ ?
पहिलो : ड्रईभर हो, टेक्सी चलाउछ, अनि तेरो छोरो के गर्छ ?
दोश्रो: छोरो डाक्टर पढेर विदेश मै छ सबै परिवार उतै । (अलि मलिन अनुहार बनाउदै थप्छन) म एक्लै छु त्यत्रो घरमा, छोरोलाई नेपाल नै आईज भनेर कति भने सुन्ने हैन। अरु त के कुरा मेरो बोल्ने साथि पनि कोहि हुदैन घरमा। छोरा-छोरी पखेटा नलाग्दा सम्म रैछ आफ्नो भन्नु , त्यस पछि कमैले मात्र आफ्नो गुड सम्झने रहेछन् ……।
एकछिनमा पहिलोको छोरो आउछ र बुवालाई लिएर जान्छ।
दोश्रो त्यहि बेन्चमा केहि बेरे घोतलिन्छन् र एकछिन पछि निस्कन्छन्।
छोरीलाई डि.पि.टि. खोप लगाउन गएको म , पालो पनि आइपुगेछ।
नर्स : कस्तो राम्रो नानु, ठुलो भएर के बन्ने नानु ?
मेरो काखमा लुटुपुटु गर्दै गरेकी छोरीले तोते बोलीमा उत्तर नदिदै मेरो मुख बाट अनयासै निस्कन्छ ।
मेरो छोरी त असल मान्छे बन्ने है सिवान छोरी ।
(हाम्रो समाज छोरा-छोरीलाई बौद्धिक ज्ञान दिदै गर्दा आध्यात्मिक ज्ञान दिन चुकेका त छैन!? छोराछोरीलाई बिकाऊ बनाउने खेलमा व्यावहारिक बनाउन त भूलेको छैन?? अब सोच्ने समय भएको छ ।)