नेपाली सम्पर्क समिती दक्षिण कोरियाले १ करोड वोनको आपतकालिन राहत कोष स्थापना गर्ने
सोल, नेपाली सम्पर्क समिती दक्षिण कोरियाले १ करोड वोनको आपतकालिन राहत कोष स्थापना गर्ने भएको छ । कोरियाको सोलमा बसेको बैठकले उक्त निर्णय गरेको एन सी सी अध्यक्ष अन्जु के सीले बताइन ।
उक्त राहत कोष स्थापना गर्न कोरियामा रहेका नेपालीहरुलाई एन सी सि को सदस्य बनाउने, कोषमा भएको रकम बाट छुट्याउने र बिबिध कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको के सी ले बताईन ।
आपतकालिन राहत कोषबाट कोरिया अाई दुर्घटनामा परि सबै सेवा सुबिधाबाट बन्चित भएका ब्यक्तिलाई सहयोग गरिने महासचिव निर्मल बेलाबासेले बताए ।
यस राहत कोषलाई थप अगाडि बढाउन कोरियामा रहेका सबै संघ संथा र सम्पूर्ण नेपालीहरुलाई सहयोग गर्न एन सी सी दक्षिण कोरियाले सबैमा आग्रह गरेको छ ।