बुसानमा हुने ‘दिपावली साँझ’को पोस्टर सार्वजनिक


कोरियाको महान पर्व छुसकको अवसर पारेर नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रिय समिति बुसानले आयोजना गर्न लागेको ‘दिपावली साँझ’ कार्यक्रमको पोस्टर सार्वजनिक भएको छ । आइतबार बुसानमा भएको पत्रकार सम्मेलनमा पोष्टर सार्वजनिक गर्दै कार्यक्रमको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न र गराउनको लागि आयोजकलाई सफलताको शुभकामना व्यक्त गर्दै एनसिसि, एनआरएन, किरात राई यायोख्खालागयतका बुसानका अन्य संघसंस्थाका उपस्थित प्रतिनिधिहरुले आफ्नो ठाउँबाट सक्दो सहयोग र समर्थन गर्ने बताए ।

अक्टोबर ३ तारिख बुसानको मिन्जु खोङवनको हलमा दिनको १२ बजे सुरु हुने उक्त दिपावली साँझ कार्यक्रम सफल पार्नको लागि आर्थिक तथा भौतिक रुपमा बुसानक्षेत्रमा भएका हरेक संघसंस्थाहरुले सहयोग गरेको महासचिब दोस्तीहाङ राईले बताए । उनले भने, ‘कार्यक्रम सफल हुनेमा हामी ढुक्क छौं । किनकी हामीले तपाइहरुको साथ र सहयोग पाएका छौं र पाउने छौं ।’
‘सामाजिक सद्धभाव र वृहत नेपाली एकता आजको आवश्यकता’ भन्ने नाराका साथ आपतकालिन राहत कोष स्थापनार्थ आयोजित उक्त कार्यक्रममा नेपाल आइडलका प्रतियोगी सागर आलेका साथमा चर्चित गायिका मेलिना राई, मोडल तथा नायिका एलिसा राई, गायक ताराप्रसाद लिम्बू, राजेश पूमा राई, बबिना किराती, एकदेव लिम्बूलगायतको प्रस्तुति रहने भएको छ । उक्त वृहद सांगीतिक कार्यक्रममा सहभागी हुनको लागि बुसानका विभिन्न ठाउँहरुबाट निशुल्क बसको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...