कोरियामा विवेकशील साझा सद्भाव समुहको भेटघाट हुने
सौल,
कोरियामा रहेका विवेकशील साझा सद्भाव समुहहरुले संयुक्त रुपमा साझा भेटघाट कार्यक्रम गर्ने भएका छन। यहि अक्टोबर ३ तारीख अर्थात छुसकको पहिलो दिन कोरियाको मिनि नेपाल भनेर चिनिने तोङ्देमुनमा उक्त भेटघाट कार्यक्रम गर्न लागिएको खिम्फो क्षेत्र तथा सौल कमिटीका सक्रिय सदस्य संजिब घिमिरेले जानकारी दिएका छन।
विवेकशील दल र साझा पाटी एकता भए सगै कोरियामा पनि विभिन्न क्षेत्रमा रहेका साझा सद्भाव समूहहरु र विवेकशील दल कोरिया मिलेर सामाजिक कार्य गर्दै अाएका छन् । छुसकको अवसर पारेर भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्ने भएका छन् । साबिक साझा पार्टीका सदस्य तथा विवेकशील का साथीहरू , शुभचिन्तक , शुभेच्छुक हरु बिच मा परिचय गर्नुका साथै पार्टी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा जाने हुनाले के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे छलफल गरिने बुझिएको छ।
उक्त अवसरमा साझा सद्भभाव समुह दक्षिण कोरियामा आबद्ध सम्पूर्ण सूभचिन्तक साथै आस्थावान साथीहरू तथा विवेकशील कोरिया मा आवद्ध सदस्यको भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न हुन गईरहेकाले उपस्थितिको लागी आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।
स्थान :सौल दोङ्देमुन ( होटल तोङ्देमुन को सभा हल)गेट न.३
समय: अक्टोबर ३ तारिख बेलुका ८ बजे(पुर्व साझा सद्भाव सदस्य )
अक्टोबर ४ तारिख बिहान १० बजे ( साझा सदस्य तथा विवेकशील सदस्य हरू संयुक्तरूपमा भेटघाट )
सम्पर्क :
धर्म राज जोशी- 01027046649
अमृत अधिकारि-01064617410
संजिव घिमिरे -01021544037
रूद्र चापागाईं- 01049796591