दक्षिण कोरियामा एक नेपाली बेहोस भएर अस्पतालमा भर्ना, आर्थिक सहयोगको अपिल
इपिएस मार्फत दुई बर्ष अघि दक्षिण कोरिया आएका अमर याक्थुम्वा आइतबार बिहान बेहोस भएका छन् । उनको अहिले सुवनको क्याथोलिक युनिभर्सिटी अस्पतालमा उपचार भैरहेको केही समय अघिसम्म एउटै कम्पनीमा काम गरेका सुदिप बस्नेतले बताए । ‘ब्लड प्रेसरका कारण लाग्ने हाइपरसोनिया भन्ने रोग लागेको अस्पताल भनेको छ । यो रोग लागेको मान्छे जुनसुकै समयमा निदाएको निदाएकै हुन सक्छ रे । अमर जी पनि हिड्दा हिड्दै लड्नु भएको भन्छन् ।’ बस्नेतले थपे ।
याक्थुम्बाले एक महिना अघि कम्पनी छाडेर नयाँ कम्पनीको खोजीमा थिए । ‘अस्पतालले तीन दिन भित्रै दुई करोड वन जम्मा गर्नु भनेको छ । उहाँले काम पनि गर्नु भएको छैन । आफन्त पनि कोही छैनन् । आजै हामी साथीभाइ मिलेर पचास लाख जम्मा गर्यौ र उपचार त सुरु भएको छ बाँकी रकम कहाँबाट ल्याउने समस्यामा छौ ।’ पहिले एउटै कम्पनीमा काम गरेका अनिल लामाले भने । ‘ठूलो रकम हो । दक्षिण कोरियामा रहनु हुने सबै संघसंस्था र साथीहरुलाई सहयोग गर्न हामी आग्रह र्छौ ।’ उनले भाबुक हुदै भने ।
उपचारमा सहयोग गर्न चाहनु हुनेले अनिल लामाको नाममा रहेका आईबिके बैकको खाता नं. २२१ ३५६१०३ ०२ ०१७ मा सहयोग रकम उपलब्ध गराउन सकिने पनि लामाले थपे । साथै बिरामीको बारेमा थप बुझ्न चाहनेले लामाको फोन नं.०१०९३९३८०५३ सम्पर्क गर्न सकिनेछ ।