गजल
छेक बार चाहिदैन हराउनलाई मान्छे
केही निहुँ चाहिदैन कराउनलाई मान्छे ।
देउता भुत कहाँ हुन्छ युग कम्प्युटरमा
रातको रुख काफी हुन्छ डराउनलाई मान्छे ।
छिटोछिटो छरितो त कुरा मात्रै कामको
मुखमै शब्दकोष हुन्छ अराउनलाई मान्छे ।
मोबाइल छ ल्यापटप छ बोकी राको सधै
भनिदिन्छ कनेक्ट छैन हराउनलाई मान्छे ।