Advertisement
SKIP THIS

डी .आर.”अटु”को ‘प्यारा आऊ है फर्केर’ सार्वजनिक


चर्चित युवा संगीतकार डी .आर.”अटु”को शब्द र संगीत रहेको रहेको मेरो ‘प्यारा आऊ है फर्केर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका सुनिता थेगिमको स्वर र राजु कार्कीको एरेन्जमा तयार हुँदै गरेको एल्बम ‘कथा’ भित्रको एउटा मनै छुने गीत हो ‘प्यारा आऊ है फर्केर’ । रमेश संग्रौलाको निर्देशनमा बनेको भिडियोमा मेरीबास्सै तथा खासखुस हाँस्य टेली सिरियलबाट बट्टारे कान्छा नामले चर्चित संदेश लामिछाने र चर्चित मोडेल सारिका केसीको अभिनय रहेको छ। अर्जुन सापकोटाले छायाँकन गर्नु भएको भिडियोलाई अनिल महर्जनले सम्पादन गर्नु भएको हो।
केहि समय पछि सार्वजनिक हुने एल्बम ‘कथा’मा ठेट लोक गीतहरु समेटिने गीतकार तथा संगीतकार ‘अटू’ले बताउनुभएको छ। कथा एल्बम भित्रका ४ वटा गीत हरु रेकर्डिङ भैसकेको र अब ३ वटा रेकर्डिङको क्रममा रहेको पनि ‘अटू’ले जानकारी गराउनु भएको छ। “कथा ” एल्बममा रहने गीतहरु मध्यको यो पहिलो भिडियो ‘प्यारा आऊ है फर्केर’ गीतमा परदेश आफ्ना प्यारालाई सँम्झदै घर फर्किन आग्रह गरेको मर्मस्पर्शी गीत समेटिएको छ । ‘एल्बमका हरेक गीतमा तपाईं हामीले आफ्नो जीवन भोगाइका आफ्नै कथा पाउनेछौ’ ‘अटू’को भनाई छ।
दिक्तेल बजार, जब साझ पर्दै गयो, काडाले घोच्ला बिस्तारै जाउ, झुम्के माया, क्यारुम त नि ,गुडि जाने रेल, चौबन्दी चोलीले, पत्थर झै रैछ तिम्रो मुटु, लगायतको दर्जनौं चर्चित गीतका संगीत सर्जक ‘अटू’हाल दक्षिण कोरियामा छन् । यद्यपी उनको संगीत सृर्जना भने निरन्तर अघि बढिरहेको छ। उनि कुशल बाँसुरी बादक समेत हुन्।
आफ्नो जादुमय स्वरका कारण गायिका सुनिता थेगिम यतिबेलाकि एक चर्चित र ब्यस्त गायिका मध्यकि हुन् । सेन्टिमेन्टल गीतमा बिशेष चर्चा बटुल्न सफल मोडेल सारिका केसी द्वारा अभिनित ‘मर्ने मिति’ बोलको गीत सर्वाधिक चर्चित बनेको छ।
भिडियो हेर्नुहोस ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...