सिरिजङ्घा साङ्गितिक सौगात भाग ४ को प्रचार प्रसार तिब्र रुपमा
सोल दक्षिण कोरिया
ऐतिहासिक हिलिहाङ दरबार संरक्षण एवम सम्बर्द्धनको सहयोगार्थ किरात याक्थुङ चुम्लुङ द्वारा आयोजित सिरिजङ्गा साङ्गितिक सौगात भाग ४ को तिब्र रुपमा प्रचार प्रसार भइरहेको छ । कार्यक्रम सफल बनाउन कामको बाड्फाड गरि सकिएको छ । कार्यक्रममा कोरियामा विभिन्न पेसामा आबद्द ब्याबसयी , बुद्दीजिवि , विद्यार्थि , पत्रकार र सम्पूर्ण संघ सस्थाहरुलाई पत्राचार गरि सकिएको छ । कारणवस पत्र नपुगेको भए यसै सुचना मार्फत किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया हार्दिक निमन्त्रणा गर्दछ।
कार्यक्रममा नेपालमा सर्वाधिक रुचाइएको गायक राजन राज शिवाकोटीको बेजोड प्रस्तुति रहने छ । उनले “शुर्के थैली खै” “कुटुमा कुटु ” “पुर्ब पश्चिम् रेल ” जस्ता गितले अडियन्सको मन जितिसकेका छन । त्यसैगरी हट मोडल तथा लोकदोहोरी गायिका ज्योति मगरको पनि प्रस्तुति रहने छ । नेपाल आइडल गायिका प्रमिला राइको पनि प्रस्तुति रहने छ । आधुनिक गायक कुशल थलङ ,हट डान्सर चन्दा दाहाल ,मोडेल तथा कार्यक्रम संचालिका सिर्जना सुब्बा निङ्लेखु , स्थानिय गायक देबेन चेम्जोङ र अप्सन लिम्बुको पनि बेजोड प्रस्तुति रहने छ ।”हैट” नामले सुप्रसिद्द हास्य कलाकार बुद्धि तामाङले पनि दर्सक लाई हसाउने छन ।
■ कार्यक्रम मिति :२०१७ अक्टोबर ३ तारिख मङ्लबार
■ स्थान:फेकजुन्यन खिम्न्यमग्वान,जोङ्नो ओ गा (100주년 기념관, 서울시 중로구 대학로 3 길 29)
■ हलमा जाने तरिका: ट्रेन लाइन नं १ जोङ्नो ओ गा गेट नं २ बाट निस्केर ५ मिनेट हिड्ने
(중로 5 가 EXIT -2)
■दोङ्देमुन 3 नं गेट बाट कार्यक्रम स्थल सम्म जान बसको ब्याबस्था गरिएको छ
दोङ्देमुन बाट हिडेर पनि १५ मिनेटमा हलमा पुग्न सकिन्छ
ᤁᤡᤖᤠᤋ ᤕᤠᤰᤌᤢᤱᤆᤢᤶᤗᤢᤱ ᤗᤠᤱᤃᤧᤳ ᤁᤠᤣᤖᤡᤕᤠ