रहर लाग्दो कोरियाको डरलाग्दो दैनिकी


पहिले पहिले ब्रिटीस आर्मी र इण्डियन आर्मीमा आम मानिसको ध्यान केन्द्रित थियो । अहिले आएर ती कुराहरुमा युवाहरुको ध्यान त्यती केन्द्रित भएको पाइदैन, हुन त अहिले ब्रिटीस आर्मी र इण्डियन आर्मी आम मानिसको पहुच भन्दा टाढै भएरपनी हुन सक्छ । पछिल्ला दिनहरुमा कोरिया हरेक युवाहरुको एक रहर लाग्दो गन्तब्य बनेको छ। बर्षै पिच्छे हजारौ युबाहरु भोक प्यास निद नभनी सारा सर्बश्व त्यागेर कोरियन भाषा अध्ययन गरिरहेका छन । लोकसेबा भन्दा कठोर परिक्षा उत्तिण गरेर पनि जान पाउने हो या हैन थाहा हुदैन तथापी युवाहरुको क्रेज भने बढ्दो क्रममा छ। नहोस पनी कसरी देख्दै लोभलाग्दो रकम आर्जन गरीरहेका हुन्छन कोरिया गएकाले । लाखौ युबाहरु खाडिमा गएर १० बर्षमा कमाउन नसकेको रकम कोरियामा १ बर्षमै कमाइरहेका छन अनि रहर पनि कसलाई नलागोस र!

नेपालमै प्रशस्तै सुन्ने गरिन्छ कोरियाको काम गाह्रो हुन्छ रे तथापी सबै अध्ययनरत युबाको जबाफ एउटै हुन्छ लाख भएपछी काम त जस्तो पनि गर्न सकिहाल्छ नी!तर नेपालमा सहजै भन्ने गरिने ति शब्द कोरियामा आएपछी ब्यबहारमा उतार्न त्यती सहज भने छैन। त्यत्रो संघर्ष गरेर कोरिया पुगेका कैयन युबाहरु बर्षै पिच्छे किन डोरीको साहारा लिईरहेका छन ? यसको जबाफ न नेपाल सरकार संग छ, न त कोरियामा रहेको नेपाल सरकारको कुतनितीक नियोगसंग छ। सुनौलो भबिश्यको सपना बोकेर कोरिया छिर्ने कैयन युबाहरु किन आत्महत्याको शिकार बनिरहेका छन भन्ने तर्फ आम मानिसहरुको ध्यान केन्द्रित भएपनी सरकार भने यो मामलामा बिल्कुल उदासिन बनेको देखिन्छ। हुण्डीले रेमिट्यान्समा ठुलो धक्का लाग्यो भनेर रोइकराई गर्ने सरकार कोरियामा आम युबाले भोग्नु परेको सास्तीमा चाही खुसी भए जस्तै देखिने गरेको छ।

नेपालबाट आउदा जुन उत्साहका साथ युबाहरु कोरिया प्रबेश गर्छन । कोरिया छिरेर काममा लागेको दिनबाटै सबै उत्साहहरु समाप्त हुन्छन् जसको कारण हो कोरियाको डरलाग्दो दैनिकी १ बिहान झिस्मिसे अध्यारोमा उठी मन नलागी नलागी जबर्जस्ती भात खाएर निस्केको युवाले कहिले १२ बज्ला भनेर १० पल्ट सोच्नु पर्छ कतीपयले त १२ बज्दासम्म सुख पाउदैनन साडे १-२ बज्नु पर्छ खाना खान । खाना खाने समय नहुदै पुरै शरीर गलिसकेको हुन्छ । बल्ल तल्ल खाना पेटमा पुगि नसक्दै फेरी साझ नपर्दासम्म काममै जोतिनु पर्छ । दिनभरिको कामको पेलाईले गर्दा खाना पकाएर खानु भन्दा यत्तिकै पल्टिन प्यारो लाग्छ तरपनि नखाए त भोली काम गर्नै सकिन्न । काम सकेर फर्कियो अनी साझमा फेरी २-४ अध्याय सुन्नै पर्छ यो भएन त्यो भएन तपाई जतिसुकै राम्रो काम गर्नुस् तरपनि साहुलाई तपाई संग नकराएसम्म चित्त बुझ्दैन । भाको नभाको गल्ती देखाई गाली गर्नुसम्म गरेपछी आनन्दित मुद्रामा घर फर्कन्छ तर आफु जंगलको बिच चिहानघारिको नजिक फोनले टावर नटिप्ने र वाइफाई पनि नभएको अनकन्टार कोठामा एक्लै लुकलुक काप्दै उषाको प्रतिक्षामा बस्नु पर्छ ।

असारमा जोतिने गोरुझै जोतिदा पनि साहुको चित्त बुझेको हुदैन अनि अझै बेला बेलामा यो भएन त्यो भएन भनेर कराएको कराई गर्छ । बिरामी पर्नु भयो आराम छैन औषधीको पोका दिएर यो खाएर काम गर भन्छ। साहुजी म सक्दिन बिरामी भएर गाह्रो भएको छ भनेर भन्यो भने काम गर्न नसक्ने भए किन आइस कोरिया भन्छ। समग्रमा यत्ती बुझ्नु पर्यो तपाई सक्नुस नसक्नुस उनीहरुको काम गरेकै हुनुपर्यो । त्यो पनि उनीहरुको जस्तै एउटै ढाँचामा, उनिहरुको जस्तै काम गरेन भने गाली यती खानु पर्छकी मान्नुस तपाई एउटा गाई हो , गाई बिरामी होस या शोकमा होस , उसलाई अनिबार्य दुध चाहियो१ दुध आएन भने लठ्ठीले हानेर हुन्छकी खान नदिएर हुन्छ उनिहरुलाई दुध झार्नै पर्छ यती सम्मको अमानबिय ब्यबहार देखाउछन। तपाई काम गरिराख्नु भाको छ तपाईको रासन सकियो आफु बजार गएर किन्न सम्भब छैन साहुजी मेरो रासन सकियो ल्याईदिनुहोस भन्यो १ हप्ता २हप्तासम्म ल्याइदिदैन र चाउचाउ खाएर काम गर्नु पर्छ कतिपय अबस्थामा भोकै काम गर्नु पर्छ र पनि उनिहरु टन्न खाएर आएको बराबर उनिहरुको जस्तै काम गर्न सक्नुपर्छ नत्र गाली खाएरै अघाउनु पर्छ । तर उनिहरुले पालेको कुखुरा बंगुर कुकुर गाई आदीले १ घण्टा मात्रै कुनै गल्तीबस दाना खान पाएन भने महाभारत हुन्छ।

भनेपछी आफै सोच्नुहोस की एउटा असार मासको गोरु भन्दा बढी जोतीयर काम गर्दा पनी समयमा खान नपाउने कहिले भोकै काम गर्नुपर्ने कहिले चाउचाउ खाएर कामगर्नु पर्ने र बिरामी हुदा समेत आराम गर्न नपाई काम गर्नु पर्दा कामदारको स्थिती के हुन्छ होला? यस्तो अबस्थासम्म आइपुग्दा कामदार मानसिक रोगको सिकार भैसकेको हुन्छ तै पनि उसले अन्तिमसम्म हार्दैन र सहयोग खोज्दै कुटनीतिक नियोगसम्म पुग्छ। तर जब त्यहा पुग्छ त्यो कामदारको सबै ढोकाहरु बन्द हुन्छ किनकी त्यहा बसेका कर्मचारिले त्यो कामदारको कुरा सुन्दैन र उल्टो साहुको पक्षमा बोलेर अर्तिउपदेश दिन थाल्छ,’तपाईको समस्या के समस्या? तपाई भन्दा कति समस्या भाका मान्छे बस्याछन यो त केही हैन सक्नुहुन्न भने घर जानुहोस।’

यति जबाफ पाएपछी चारैतिरबाट पिडित भै छट्पटाएको कामदार कहाँ जावस? त्यहा बसोस बिरामी हुदा पनि काम गर्न सक्नै पर्छ भोकै हुदा पनि काम गर्न सक्नै पर्छ त्यही माथी मानसिक दबाब उत्ती खेप्न पर्ने अनि आधिकारिक कुटनीतिक नियोगबाट पनि सहयोग नपाएपछी अन्तिम बिकल्प भनेको आत्महत्या हो । किनकी नेपाल फर्की हाल्न उसलाई ऋणले दिदैन परिवारिक दबाब पनि त्यत्तिकै हुन्छ ,भन्दा ९० हजार लागत भनिएपनि २,३ बर्ष बसेर पढ्दा कम्तिमा पनि उसको ४,५ लाख ऋण हुन्छ र फर्किहाल्दा सामाजिक प्रतिस्थाको पनि डर हुने हुदा अन्तत कामदारले कोरियामै आफ्नो जीबन समाप्त पार्न बाध्य हुन्छ । तथापी सबै कम्पनी र साहुहरु त्यस्ता हुदैनन १०० मा १० वटा जती कम्पनी साहुहरु राम्रै हुन्छन तर त्यहा पर्ने कामदारहरुको आत्महत्याको कारण भनेको परिवार, कार्यस्थलका साथीहरु, जिबनसाथी, गलफ्रेन्ड , ब्वाईफ्रेन्ड र उसको असम्भब लक्ष्य हो। धेरैको सपना हुन्छ कोरिया गएपछी पैसा कमाई नहुने कम्पनी पर्यो भने चेन्ज गर्छु वा काम गाह्रो भयो भने चेन्ज गर्छु र आफु अनुकुल ठाउमा काम गर्छु भन्ने लक्ष्य हुन्छ। भन्नमा भनिन्छ कुनै बिदेशी ई- ९ भिजा कामदारले आफ्नो इच्छा नभएमा ३ पल्टसम्म काम परिबर्तन गर्न पाउछ जुन कोरियाको कानुनमै सुरक्षित छ तर त्यो सोचाई र त्यो कुरा उल्लेख गरिएका मात्र हुन ।

तपाईलाई काम मन परोस नपरोस गर्न सक्नुस नसक्नुहोस त्यही गर्नपर्छ यदी काम गर्ने हो भने १ नत्र नेपाल पर्कनु पर्छ, ४ डी अर्थात डर्टी, डेन्जर, डिफिकल्ट र डिप्रेसन यति कुरासंग जबर्जस्ती संघर्ष गर्न सक्नुपर्छ । यो सम्झनुस की काम परिबर्तन भन्ने कुरा असम्भब प्राय छ । त्यसरी साहुले मानसिक तनाबमा पारेको कामदारलाई घरबाट भन्ने गरिन्छ की काम गह्रो हुन्छ लाख कमाउन कहा सजिलो हुन्छर काम नछोडेस त्यो ठाउमा पुगेर पनि गरिनस भने के गरि खान्छस त जस्ता कुराहरु गरेर थप तनाबमा पार्छन कास्र्थलका कतिपय पुराना साथीले नया आएकालाई अमानबिय ब्यबहार देखाएर अनेक नैतिक दबाब दिने गर्दछन र अर्कोतिर प्रेमी प्रेमिकाहरुले समय दिएन भनेर अनेक घुर्की लगाएर थप तनाब सिर्जना गरिदिन्छन।

उनिहरुलाई यो थाहा हुदैनकी दिनभर काममा हुन्छ थाकेर आउछ समय छैन अनेक पिडा खपेर बसेको छ होला भन्नेतिर परिवार आफन्त एब गर्लफ्रेन्ड ब्वाईफ्रेन्डले बुझ्दिदैनन बिबाहितको हकमा आफ्नो श्रीमती नै सर्बश्व सम्झी यती दुख पिडा र तनाब सहेर कमाइ पठाएको पैसा हिनाबिना पारी अर्कोतिर हिड्दिन्छन अनी आफ्लाई सम्हाल्न नसकी मानिस प्रतीसोधमा आत्महत्या रोज्ने गर्दछ। यसरी मौलाई रहेको बिकृती रोक्न न त सरकारले नै ठोस कदम चालेको छ न त कुटनीतिक निकायबाटै उचित पहल भैरहेको छ।

कोरियाको कृषी प्रणालीमा नियम कानुनको पालना नहुने र साहुले जस्तो मनलाग्यो त्यस्तै ब्यबहार देखाई कामदारलाई चरम यातना दिने गरिएकोले कोरियामा मजदुरीको लागी आउने १६ देश मध्य अधिकांस देशले कृषी क्षेत्रमा आफ्नो देशका नागरिक पठाउन छोडेका छन तर अरु देशले कटाएको कृषीकोटा नेपाल सरकारले मेरो देशको कामदारको कोटा बढाइदेउ भनेर बिन्ती चढाउछ र कोटा बढाएकोमा बेतुकको गर्वान्भित महसुस गर्छ। तथापी कोरिया आउने मजदुरहरुको एउटै साझा आबाज हुने गरेको छ की १००० जना कोरिया पठाउ बर्षमा तर उनीहरुको हक अधिकारको पुर्ण रक्षा गर्न पहल गरिदेउ आखीर दासी प्रथा हटिसकेको देशका नागरिकले कहिलेसम्म दासी भन्दा तल्लो दर्जामा रहेर रहर लाग्दो कोरीयाको डरलाग्दो दैनिकी बिताउदै अमानबिय कार्य सही कोरियामा मजदुरी गर्ने???
खेम पुन(अत्रस्त यात्री समिप)
जैमिनी न पा – ड छिस्ती बागलुङ
हाल याङ्जु दक्षिण कोरिया।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...