सिरिजङ्घा साङ्गितिक सौगात भाग ४ नजिकिदै गर्दा
ऐतिहासिक हिलिहाङ दरबार संरक्षण एवम सम्बर्द्धनको सहयोगार्थ किरात याक्थुङ चुम्लुङ द्वारा आयोजित सिरिजङ्गा साङ्गितिक सौगात भाग ४ को लागि नेपालबाट आउने सबै कलाकरको भिसा लागि सकेको जानकारी कियाचु अध्यक्ष सुन्दर दिप आड़्देम्बेले जानकारी दिनु भएको छ । कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरू लाई कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाइ सफल बनाउन किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया हार्दिक निमन्त्रणा गर्दछ।
कार्यक्रममा नेपालमा सर्वाधिक रुचाइएको गायक राजन राज शिवाकोटीको बेजोड प्रस्तुति रहने छ । उनले “शुर्के थैली खै” “कुटुमा कुटु ” “पुर्ब पश्चिम् रेल ” जस्ता गितले अडियन्सको मन जितिसकेका छन । त्यसैगरी हट मोडल तथा लोकदोहोरी गायिका ज्योति मगरको पनि प्रस्तुति रहने छ, उनले पनि “उइ मुलाको सिन्की” ” ढाडे बिरालो” जस्ता गित गाएर धेरै चर्चामा छन। नेपाल आइडल टप सभेन गायिका प्रमिला राइको पनि प्रस्तुति रहने छ । आधुनिक गायक कुशल थलङ ,हट डान्सर चन्दा दाहाल ,मोडेल तथा कार्यक्रम संचालिका सिर्जना सुब्बा निङ्लेखु , स्थानिय गायक देबेन चेम्जोङ र अप्सन लिम्बुको पनि बेजोड प्रस्तुति रहने छ ।”हैट” नामले सुप्रसिद्द हास्य कलाकार बुद्धि तामाङले पनि दर्सक लाई हसाउने छन । उन्ले नेपाली टेलिसिरियल र थुप्रै नेपालि फिल्ममा अभिनय गरि सकेका छन।
■ कार्यक्रम मिति :२०१७ अक्टोबर ३ तारिख मङ्लबार
■ स्थान:फेकजुन्यन खिम्न्यमग्वान,जोङ्नो ओ गा (100주년 기념관, 서울시 중로구 대학로 3 길 29)
■ हलमा जाने तरिका: ट्रेन लाइन नं १ जोङ्नो ओ गा गेट नं २ बाट निस्केर ५ मिनेट हिड्ने
(중로 5 가 EXIT -2)
■दोङ्देमुन 3 नं गेट बाट कार्यक्रम स्थल सम्म जान बसको ब्याबस्था गरिएको छ
दोङ्देमुन बाट हिडेर पनि १५ मिनेटमा हलमा पुग्न सकिन्छ