Advertisement
SKIP THIS

उत्तर कोरियाद्वारा पुर्बी समुन्द्रमा तीन क्षेप्यास्त्र परीक्षण


फोनिज कोरिया संवाददाता
काठमाडौं-कोरियाले पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दाबी गरेको केही सातापछि आइतबार छोटो दुरीको तीन क्षेप्यास्त्रको समुद्रमा परीक्षण प्रक्षेपण गरेको जानकारी दक्षिण कोरियाको रक्षा मन्त्रालयले दिएको छ ।
 
उत्तर कोरियाले वनसान नगर नजिकै केएन–०१ नामक तीन क्षेप्यास्त्र प्रक्षेपण गरेको मन्त्रालयका एक प्रवक्ताले बताए ।
 
उक्त क्षेप्यास्त्रले १०० किलोमिटरसम्मको दूरीमा प्रहार गर्नसक्ने ती प्रवक्ताले बताए । आइतबार दिउँसोको ४ः३० बजे आरम्भ भएको प्रक्षेपण २६ मिनेटसम्म चलेको बताइएको छ ।
 
प्योङयाङले मे ९ मा एसएलबीएमको सफलतापूर्वक परीक्षण गरेको र त्यो जोगिनसक्ने र दोस्रो चरणको आक्रमण गर्नसक्ने क्षेप्यास्त्र प्रविधिमा आधारित भएको दाबी गरेको छ ।
 
यस्तो क्षेप्यास्त्रको विकास भएमा उत्तर कोरियाको पारमाणविक चुनौती नयाँ स्तरमा पुग्ने र त्यो कोरियाली प्रायःद्वीपभन्दा निकै पर जाने बताइएको छ ।
 
केही विशेषज्ञले परीक्षण प्रक्षेपणको तस्बिरको स्वरूप डिजिटल रूपमा परिवर्तन गरिएको हुनसक्ने बताउँदै यसको आधिकारिकतामै प्रश्न गरेका छन् ।-एजेन्सी

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...