जनप्रगतीशिल मन्च कोरियाले धुर्बिकरण एकताको बृहत् भेला गर्ने
माओबादी केन्द्रको प्रबास संगठन अन्तर्गत रहेको जनप्रगतीशिल मन्च कोरियाले धुर्बिकरण अभियान एकताको बृहत् भेला गर्ने भएको छ ।
कोरियाको महान पर्व छुसकको अबसर पारेर यहि अक्टोबर ४ तारिक नेपाल हाउसमा गर्न लागिएको उक्त भेलामा बिभिन्न पार्टीबाट दर्जनौको संख्यामा उर्जाशिल युबाहरु धुर्बिकृत हुने जनप्रगतीशिल मन्च कोरियाले जनाएको छ ।
जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाइ सस्थागत गर्नको लागि र आदिबासी/जनजाति,दलित, मधेशी लगायत पिछडिएको समुदायका मुद्दलाइ बलियो बनाउनका लागि सबै एक हुनुको बिकल्प नरहेको बताउदै आफु माओबादी केन्द्रमा धुर्बिकृत हुन लागेको एक अभियन्ताले बताए ।
धुर्बिकरण अभियानलाई सफल पार्नको लागि जनप्रगतीशिल मन्च कोरियाले आन्तरिक रुपमा व्यापक तयारी गरिरहेको अध्यक्ष खगेन्द्र बुढाले बताए । साथै उनले केही समाजसेबी ब्यक्तित्व सहित नयाँ शक्ति, संघीय समाजबादि फोरम, बिबेकशिल साझा पार्टी र नेकपा एमाले पार्टी परित्याग गरेर अभियन्ताहरु आउने समेत जनाएको छन् ।
माओबादी केन्द्र नेतृत्व सरकारले गरेको स्थानिय निकायको सफल निर्बाचन, लोडसेडिङको अन्त्य ,उच्च आर्थिक वृद्धिदर, फास्ट ट्र्याक निर्माण जस्ता लोकप्रिय कामको जताततै प्रसंशा सगै पार्टी प्रबेशमा पनि लहर छाएको छ । भने पार्टी ले प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिय प्रणाली अबलम्बन गरे सगै अन्य राजनितीक दल प्रती आस्था राख्ने युबाहरु पुनः माओवादी केन्द्र तिर फर्केको माओबादी केन्द्रको दाबी समेत रहेको छ ।