‘दिपावली साझ’को लागि कलाकार कोरिया आईपुगे
आदिवासी जनजाती महासंघ बुसानको आयोजनामा यहि अक्टोबर ३ तारिखका दिन हुन गैरहेको बृहत नेपाली सास्कृतिक कार्यक्रम दिपावली साझमा आफ्नो प्रस्तुती दिन नेपालबाट ख्यातिप्राप्त कलाकारहरु कोरिया आइसकेका छन् । नेपाल आइडल टप ४ सागर आलेको साथमा चर्चित गायिका मेलिना राई,मोडेल अलिशा राई,सङ्गितकार तथा गायक ताराप्रकाश लिम्बू, गायक राजेश पुमा राई आज बिहान कोरिया आईपुगेका हुन् । गायिका बबिना किराती र गायक एकदेब लिम्बूको भने अन्तिम अबस्थामा आएर भिसा नलागेको सस्थाका सचिब दोस्तिहाङ राईले जानकारी गराएका छन् ।
सामाजिक सद्बाब र बृहत नेपाली एकता आजको आबस्यक्ता भन्ने मुल नाराका साथ आपतकालिन राहतकोष स्थापनार्थ आदिवासी जनजाती महासंघ बुसानले गर्न लागिरहेको सो कार्यक्रम बुसानको मिन्जु खोङवनको एक बिशेष हलमा हुनेछ । गत बर्ष किरात राई यायोख्खा बुसानले सोहि हलमा यलम्बर साङ्गितिक सौगात भाग १ कार्यक्रम गरेको थियो ।
कार्यक्रममा सागर आले, चर्चित गायिका मेलिना राई, अहिलेका हट एन्ड चर्चित मोडेल अलिशा राइको धमकेदार प्रस्तुती हेर्न सम्पूर्ण कोरियावासी नेपालीहरुमा उपस्थितिको लागि आयोजकले आग्रह गरेको छ । कार्यक्रम ठिक दिनको १२ बजे सुरु हुनेछ ।