गुनसान नेपाली कप लम्जुइ० एफसीको पोल्टामा
फोनिज कोरिया संवाददाता
गुनसान
दक्षिण कोरियाको गुनसान नेपाली समाजद्धारा आयोजित ‘गुनसान नेपाल कप’ दोस्रोको उपाधी लम्जुइ० एफसीले चुमेका छन् । मंगलबार झल्ला नाम्दो प्रान्तको गुनसान शहरमा सम्पन्न एक दिने फुटबल टुर्नामेन्टको फाइनलमा पुगेका मेची महाकाली युनाइटेड एफसीलाई शुन्यको विरुद्ध ३ गोलले लम्जुइ० विजयी बनेका हुन् ।
विजयी टिमले ३० लाख वन राशीको पुरस्कार सहित शिल्ड र मेडल थापे भने उपविजेताले १५ लाख वन पुरस्कार र मेडल थापेका थिए । १३ टिमको सहभागिता रहेको टुर्नामेन्टमा लम्जुइ० एफसीकै विमल मल्ल उत्कृष्ठ खेलाडी र दिपक कौशल सर्वाधिक गोलकर्ता बनेका थिए भने मेची महाकाली युनाइटेड एफसीका कृष्ण थापा उत्कृष्ठ गोलकिपर घोषित भए ।
कोरियामा फुटबल टुर्नामेन्टमा सबैभन्दा बढी पुरस्कार राशीको नामबाट परिचित गुनसान नेपाल कपले राम्रो व्यवस्थापनको प्रशंसा पनि बटुलेका छन् ।