सुपादेउराली सांगीतीक साैगातका कलाकारहरू काेरिया अाइपुगे
कोरियाको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेकाे अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले सौलमा अक्टुबर ५ तारिख अायाेजना गरेकाे सुपादेउराली सांगीतिक सौगात भाग १ का सम्पुर्ण कलाकारहरू अाज बुधबार बिहान इन्छन एअरपाेर्टमा अबतरण गरेका छन्।
लुम्बिनीको गौरब अर्घाखाँचीको सान लुम्बिनी घर स्थापनार्थ हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गर्न लागेको सांगीतिक साँझ सुपादेउराली सांगीतिक सौगातका लागि नेपाल आइडलमा अत्याधिक दर्शकले रुचाएका र टप ४ सम्म पुग्न सफल बहुप्रतिभाशाली गायक सागर आले र चर्चीत लाेक दाेहाेरी गायक रामजी खांड काेरिया अाइ सकेका थीए भने अर्का नेपाल अाइडलका प्रतियोगि सुरज थापा ,लोकगायिका सम्झना लामिछाने मगर, हाँस्य कलाकार दिनेश काफ्ले, चर्चित डान्सर रश्मी तामाङका लगाएतका कलाकारहरू बुधबार बिहान कोरिया अाएका छन् ।
कलाकारहरूलाइ स्वागत गर्नकाे लागी अायाेजक संस्था अर्घाखांची सम्पर्क मञ्चका अध्यक्ष दिनामनी पाैडेल,निबर्तमान अध्यक्ष युबराज पाण्डे लगायतका पदाधिकारीहरू बिमानस्थल पुगेका थिए।
कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा भएकाे जानकारी संस्थाका अध्यक्ष दिनामणी पाैडेलले बताएका छन्।अक्टोबर ५ तारिख सौलमा हुन लागेको उक्त सांगीतिक कार्यक्रममा सागर र सुरजका साथमा लोकगायक रामजी खाँड, लोकगायिका सम्झना लामिछाने मगर, हाँस्य कलाकार दिनेश काफ्ले, चर्चित डान्सर रश्मी तामाङका साथमा स्थानीय कलाकारहरुको दमदार प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रमलाई सफल पार्न कोरियामा रहेका सम्पुर्ण आदरणिय नेपाली दाजु भाई तथा दिदी बहिनिहरुलाई, उक्त कार्यक्रममा उपस्थित भई मनोरन्जन लिनका लागि बिशेष अनुरोध समेत मन्चले गरेको छ ।
कार्यक्रम जाेङनाे अाेगामा रहेकाे फेक जु गिन्यम ग्वानकाे हलमा दिनकाे ठीक १२ बजे देखि सुरू हुने अायाेजकले जनाएका छन्।
हलमा जाने तरिका लाइन नं १ जाेङनाे अाेगा ,गेट नं २ बाट ५ मीनेट पैदल।दाेङदेमुन बाट पेदल १५ मीनेट।