नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रबास इन्चार्ज बिन्दा पान्डे कोरियामा
कोरिया -नेकपा एमालेको प्रबास कमिटी प्रवासि नेपाली मन्च (ओ एन एफ) दक्षिण कोरियाको छैठौं अधिबेशनलाई सम्बोधन गर्नको लागि नेकपा एमाले पोलिटबयुरो सदस्य तथा इन्चार्ज बिन्दा पान्डे कोरिया आईपुग्नु भयको छ। ‘प्रवासीको स्वाभिमान, देश विकासमा योगदान’ भन्ने नाराका साथ प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले यहि अक्टोबर ८ तारिख आइतबारका दिन आयोजना गर्न लागको छैटौं राष्ट्रिय अधिवेशनको उद्घाटनको लागि पान्डे कोरिया आउनुभएको हो ।
नेकपा एमाले पोलिटबयुरो सदस्य तथा इन्चार्ज बिन्दा पान्डेले आइतबार कोरियाको राजधानी सउलको मेट्रो को ३,६ नं लाईनको बुल्ग्वाङ स्टेसन नजिक रहेको एम.टि.यु को सभाहलमा हुनगहिरहेको ओ एन एफ को अधिबेसनलाई सम्बोधन गर्नु हुने छ।
नेपालमा नेकपा एमाले र माअोबादी केन्द्रको बिचमा पाटी एकीकरणको लक्ष्य राखी भयको चुनाबी तालमेलले नेपालको राजनिती तातीरहेको बेला उहाको कोरिया आगमनलाई कोरियामा रहेका नेपालीहरुले उच्च चासोका साथ हेरिरहेका छन् । अपरानह ४:३० बजे कोरिया आईपुग्नु भयको पान्डेको स्वागतको लागि ओ एन एफ कोरियाको अध्यक्ष मिना थापा मगर सहितको पदाधिकारीहरुको टिम इन्छन एयरपोर्ट पुगेको थियो ।