सन्तोष काश्यप बि.क.को अध्यक्षतामा बिश्वकर्मा एकता समाज कोरिया गठन
कोरियामा ‘बिश्वकर्मा एकता समाज गठन’ भएको छ । यहि अक्टोबर ३ तारिकका दिन सुवनमा भएको बिशेष भेलाले सन्तोष काश्यप बिश्वकर्मालाई सर्बसहमति सहित अध्यक्षमा चुन्दै एकता समाज गठन भएको हो ।
बिगत केही समयदेखि तदर्थ समितिको रुपमा रहेको समाजलाई भेलाले पूर्णता दिएको बताइएको छ भने आगामी दिनमा आफ्नो समुदायको सहयोगको लागि समाज निरन्तर सकृय रहने एक सहभागिले जनाएका छन् ।
साथै कोरिया भर छरिएर रहेका बिश्वकर्माहरुलाइ एकजुट गराउने उदेश्यले बिश्वकर्मा एकता समाज गठन गरिएको अध्यक्ष सन्तोष काश्यपले बताए ।भेलामा झण्डै डेड सय बिश्वकर्मा युबाहरुको उपस्थित रहेको थियो । बिश्वकर्मा एकत समाज कोरियाको संरचना यस्तो रहेको छ ।
सस्थापक अध्यक्ष – सन्तोष काश्यप बिश्वकर्मा
वरिष्ठ उपाध्यक्ष – सन्तोष बराइली
उपाध्यक्ष – गौरी सदा शन्कर
उपाध्यक्ष – मीन बि.क.
सचिब – झपड बहादुर बि.क.
सह सचिब – रामकुमार खाती
प्रबक्ता – अजित राज खाती
कोषाध्य्क्ष्य – अमृत बि. क.
सह-कोषाध्यक्ष – अन प्रसाद बि.क.
सदस्यहरु – इशु सुनार, कृष्ण सुनार , अमृत सुनार, मिलन सुनार ,निशान सुनार,राजन सुनार ,पुर्ण बि.क,दिलिप बहादुर बि.क,चयन्द्र बि.क,रामजी गजमेर,युबराज बिश्वकर्मा, रहेका छन् ।
सल्लाहकार – दिपेन्द्र सेन्चुरी ,बिरेन्द्र सुनार , गणेश कालिकोटे,किसन सेन्चुरी रहेका छन ।