बिरामी अमर याक्थुङबा लिम्बुलाइ संकलित रकम हस्तान्तरण
कोरियामा बिरामी भएर उपचार गराइरहेका अमर याक्थुङबा लिम्बुलाइ संकलित रकम हस्तान्तरण गरिएको छ । गत सेक्टेम्बर २४ तारिख अचानक बेहोस भइ सुवन स्थित सङबिन सेंथु हस्पिटलमा उपचार भइ रहेका अमर याक्थुगबा लिम्बुलाई कोरियावासी नेपालीहरुद्धारा संकलित सहयोग रकम जम्मा २१,४०,००० वन अमर याक्थुङबा बचाउ सहयोग समितिका संयोजक टीका थेगिमले हस्तान्तरण गरेका छन । पबित्र थेबे सह-संयोजक, अप्सन लिम्बु सचिब र जेलिस थेगिम सल्हाकार रहेको समितिको संयोजक टीका थेगिमले गरेका थिए ।
सेवा नै धर्म सम्झेर बिरामी अमर याक्थुंगबा लिम्बुलाइ सहयोग गर्नु हुने सबै सहयोगी मनहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छौ समितिका सम्जोजक थेगिमले भने । पिडित बिरामीको लागि सहयोग रकम जुटाउन उक्त समितिले सार्बजानिक रुपमा फेसबुक मार्फत कोरियामा रहेका आम नेपाली समुदायहरुमा सहयोगको आवहान गरेको थियो ।