सुपादेउराली सांगीतिक साैगात भाग १ भब्य रूपमा सम्पन्न,अायाेजक द्वारा धन्यबाद ज्ञापन।
सुपादेउरालि सांगितिक साैगात भाग एक भब्य रूपमा सम्पन्न भएकाे छ।अर्घाखाँची सम्पर्क मञ्च काेरियाद्वारा अक्टुबर ५ तारिख साैलकाे जाेङनाे अाे गाा स्थित फेक जु गिन्यम ग्वानकाे हलमा उक्त सांस्कृतिक कार्यक्रम अायाेजना गरिएकाे थियाे।
काेरियाका लागि नेपाली महामहिम राजदुत अर्जुन जङ्ग बहादुर सिंहलाइ प्रमुख अातिथिका रूपमा अामन्त्रण गरिएकाे थियाे।महामहिम राजदुतले पानसमा बत्ती बालेर उक्त कार्यक्रमकाे उद्धाटन गरेका थिए।अन्य बिशेष अतिथिहरूमा एन अार एन काेरियाका अध्यक्ष लक्ष्मी गुरूङ,नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसि,नेपाल अादिबासी जनजाति महासंघका अध्यक्ष चित्र माेक्तान,नेपाल पत्रकार महासंघ काेरिया शाखाका अध्यक्ष खेम कार्की लगाएतका रहेका थिए।
अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष दिनामनि पाैडेलकाे सभापतित्वमा पहिलाे चरणकाे उद्घाटन कार्यक्रम समापन पश्चात नेपाल देखि अाएका राष्ट्रिय हास्य कलाकार दिनेश काफ्लेले बिभिन्न किसिमका क्यारिकेचर,ब्यङग गर्दै राेमान्चक तरिकाले दाेस्राे चरणकाे रमाइलाे सांगीतिक कार्यक्रम संचालन गरेका थिए।
सांगीतिक कार्यक्रमकाे सुरूमा केही स्थानिय कलाकारहरूले अाकर्षक नृत्य प्रस्तुत गरेका थिए ।त्यस्तै बेलायतबाट अाएका पबित्रा र सबिता रानाकाे काैडा नृत्यले वान्स माेर नै पाएकाे थियाे। नेपाल देखि अाएका चर्चित लाेक दाेहाेरी गायीका सम्झना लामिछानेले अाफ्ना हित गीतहरूले दर्शकहरूलार्इ भरपुर मनाेरञ्जन दिए।त्यस्तै रश्मी तामाङकाे नृत्यले पनि दर्शककाे मनै लाेभ्यायाे।नेपाल अाइडलका टप ६ मा परेका कलाकार सुरज थापाले – हे, बरै…बाबाले साेध्लान नी खै छाेरा भन्लान….भन्ने गीत बाट सुरे गरेका थिए।प्रदेशीका मन त्यसै भक्कानीयाे । भावुक बनेका दर्शकहरूले वान्स माेर भने , साेही गीत सुरजले फेरी गाए। त्यस पछि अन्य र नेपाल अाइडलमा गाएका गीतहरू गाए।दर्शकहरूले साथ दिर्इ रहे, नाचिरहे,वान्स माेर भन्दै कर्णप्रिय स्वरमा रमाइरहे।
त्यस पछि कालाे चस्मा लगाएर चर्चित लाेक गायक रामजी खांड स्टेजमा अाए। झिम झिम गर्ने परेलीमा ,बनैमा फूल बसायाे,फूल फूलेर पयालै भयाे लगायतका हित गीतहरूले दर्शकहरूलार्इ बेस्सरी नचाए रामजी खांडले। त्यस पछि नेपाल अाइडलका टप ४ मा परेका सागर अाले जब स्टेजमा अाए दर्शकहरूले सागर अाले भन्दै हुटिङ गरे।अालेले हंगामा भयाे,,, भन्ने गीतबाट सुरू गरे।लाेक,पप,फास्ट बिटका गीतहरू अाधा दर्जन बढि गीतहरू गाए।सागरका गीतमा दर्शकहरू पुरै झुमे। सालैजाे गीतमा त दर्शकहरूले नाच्दा नाच्दै स्टेजनै कभर गर्न पुगे। दर्शक समाल्न अायाेजकलार्इ हम्मे हम्मे नै पर्याे।
सुपादेउराली सांगितिक कार्यक्रम सफल पार्न अहाेरात्र खटिने मञ्चका पदाधिकारी सदस्यहरू,प्रत्यक्ष अप्रत्यक्ष अार्थिक भाैतिक नैतिक रूपमा सहयाेग गर्ने सम्पुर्ण संघ संस्थाका प्रमुख, प्रतिनिधि ,व्यवसाहि तथा स्थानिय राष्टृिय कलाकारहरू सबैमा मञ्चकाे तर्फबाट अध्यक्ष दिनामणि पाैडेलले विशेष धन्यबाद ज्ञापन गरेका छन्।
फाेटाे: देबु बुढाथाेकी